• बिर्तामोड । वीरता जेसीज बिर्तामोडको आयोजनामा नव बर्ष २०७५ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आज शुक्रवार जेसीज सचिवालयमा सम्पन्न भएको छ । 
    वीरता जेसीजले पहिलोपटक प्रकाशन गरेको भित्तेपात्रोको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार शिवशंकर थापा, वीरता जेसीजका अध्यक्ष एकराज गिरी लगायत अतिथिहरुले सामुहिक रुपमा लाकोर्पण गरेका थिए । वीरता जेसीजको विविध गतिविधि समेटिएको भित्तेपात्रो प्रकाशन भएकोमा कार्यक्रमका अतिथिहरुले खुशी व्यक्त गर्दै नव बर्षको शुभकामना साटासाट गरेका थिए । 
    उत्कृष्ट नागरिक २०७१ द्वारा विभुषित कार्यक्रमका प्रमुख अतिथि थापा, विर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल,  उत्कृष्ट नागरिक सम्मान समारोह २०७४का संयोजक तथा पूर्वअध्यक्ष प्रमेश राजकर्णिकार लगायतले वीरता जेसीजको रचनात्मक कार्यको सराहना गर्दै ०७५ सालको शुभकामना व्यक्त गरेका थिए । 


    वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भित्ते पात्रो प्रकाशन समितिका संयोजक तथा कोषाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए । कार्यक्रममा आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए भने जेसीआई मिसन, भिजन, नेपाल जेसीज र वीरता जेसीजको यस बर्षको प्रकरण वाचन तालिम संयोजक विकास बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कमलप्राद पाण्डे विनोदले गरेका थिए ।
    कोषाध्यक्ष खड्काको संयोजकत्वमा तुलसीप्रसाद निरौला र सन्तोष अधिकारी रहेको तीन सदस्यीय समितिको अगुवाईमा भित्तेपात्रो प्रकाशन भएको हो । 
    जेसी अफ द मन्थ मार्च मिक्की
    वीरता जेसीजले हरेक महिना प्रदान गर्ने जेसी अफ द मन्थको अवार्ड मार्च महिनाका लागि कार्यकारिणी उपाध्यक्ष मेघराज कार्की मिक्कीलाई प्रदान गरियो । 
    वीरता जेसीजका अध्यक्ष एकराज गिरीले कार्कीलाई जेसी अफ द मन्थ २०१८ मार्चको अवार्ड प्रदान गरेका हुन् । महिनाभरीको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्यांकन गरी वीरता जेसीजले हरेक महिना जेसी अफ द मन्थ अवार्ड वितरण गर्दै आएको छ । 
    नेपाल जेसीजको देशभरको शाखाहरु मध्ये वीरता जेसीजले पहिलोपटक जेसी अफ द मन्थ अवार्ड वितरण कार्य थालनी गरेको हो । जेसी अफ द मन्थ फ्रेब्रुअरी वीरता जेसीजका उपाध्यक्ष युवराज कुँवरलाई प्रदान गरिएको थियो ।
    कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष सुरेश बंशल, शेखर ढकाल, युवराज दाहाल,राजेन्द्र चौंलागाईं, प्रशान्त भण्डारी, भक्तराज भारती, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, आदर्श मावि जयपुरका प्रधानाध्यापक करुणकुमार पराजुली, गायत्री स्वरुपाश्रम गोलधापका अध्यक्ष यज्ञराज पकुवाल लगायतको आतिथ्य थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…