• देबु बानियाँ
    महेन्द्रनगर । महेन्द्रनगर जेसीज कञ्चनपुर र अत्यरिया जेसीज कैलालीले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याललाई भव्य स्वागत तथा सम्मान गरेका छन् । 
    पश्चिम शाखाकाहरुको भ्रमणका क्रममा शुत्रवार डढेलधुराबाट यहाँ आइपुगेका बस्यालाई यी दुई वटा शाखाले भव्य स्वागत गरेका थिए । साथै कार्यक्रममा स्थानीय शाखाहरुको संस्थागत विकासका लागि अन्तरक्रिया समेत गरिएको थियो । शाखालाई चलयमानसँगै सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नका लागि जेसीजले खेल्नु पर्ने भूमिकाका विषयमा अन्तक्रिया गरिएको महेन्द्रनगर जेसीजका अध्यक्ष अमरबहादुर चन्दले बताउनु भयो ।  कार्यक्रममा अध्यक्ष बस्यालले एरिया डि का शाखाहरुको अवलोकनले आफुलाई उत्साहित बनाएको बताउँदै सामाजिक, आर्थिक र व्यक्तित्व विकासका लागि सधैँ क्रियाशील हुन आग्रह गर्नु भयो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, महिला संयोजक एकता जिसी, शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु तथा विभिन्न व्यक्तिहरुको उल्लेखीय सहभागिता रहेको थियो । 
    शनिवार बिहान धनगढी जेसीजले आयोजना गर्ने कार्यक्रममा सहभागि भएर एक साताको भ्रमणपछि अध्यक्ष बस्याल काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…