• बिर्तामोड, चैत ३० । नेपाली कांग्रेस झापा सचिव लक्ष्मण खड्काको निधन भएको छ । बिहीबार राति भारतको दिल्लीमा उनको ४६ वर्षको उमेरमा निधन भएको हो ।

    फोक्सो सम्बन्धी समस्याका कारण एक महिनाअघि उनलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको थियो । दिल्लीमा उपचारकै क्रममा उनको निधन भएको हो ।

    युवा नेता खड्का प्रदेश सभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । महेन्द्र रत्न मावि अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका खड्का लोकप्रिय युवा नेताका रुपमा स्थापित थिए ।  उनको जन्म २०२८ साल असार ५ गते भएको थियो ।

    उनको शव ३ बजे झापा बिर्तामोड-३, बिर्ताबजारस्थित निवासमा ल्याइने पारिवारिक स्रोतले जनाएको छ । उनको परिवारमा श्रीमती, एक छोरा, एक छोरी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…