काठमाडौँ । लामो समयदेखि द्धन्द्ध रुपान्तरणको क्षेत्रमा काम गर्दै आएको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल वर्ष उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ सालमा मेलमिलापको क्षेत्रमा उल्लेखीय कार्य गर्न सफल भएको भन्दै यस संस्थालाई मेलमिलाप दिवसको अवसर पारेर पुरस्कृत गरिएको हो ।
मेलमिलाप परिषदले काठमाडौँमा शुक्रवार आयोजना गरेको एक भव्य समारोहकाबिच केन्द्रका असंस्थापक अध्यक्ष तथा हालका कार्यकारी निर्देशक चुपबहादुर थापालाई सम्मान पत्रद्धारा पुरस्कृत गरिएको हो । उनलाई कायममुकायम प्रधानन्याधिस दीपकराज जोसीले पुरस्कृत गरेका थिए ।
मेलमिलापका क्षेत्रका क्रियाशील संघ संस्थाहरु मध्ये यस संस्थालाई वर्ष उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कृतपछि निर्देशक थापाले अझ हौषला र प्रेरणा मिलेको बताए ।