• उर्लाबारी वैशाक १ गते । राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि २ लाख ३४ हजार ९ सय २ रुपैंया आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको समाचार बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जालमा आएपछि राजघाट समाज हङकङका अध्यक्ष टिका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम पत्रकार तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गर्नुभयो । हङकङमा समाजका अध्यक्ष टिका लिम्बू, जिवन पोमु लगायतले आर्थिक संकलन गर्नुभएको थियो । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो,रकम पाएपछि छोरी रेनुकाले भन्नुभयो, अहिले हजुरहरुको सहयोगले आमाको उपचार भईरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौ । ’ 
    हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । 
    यसैबिच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले पनि नगद १० हजार रुपैंया सहयोग गर्नुभएको छ । 
    गाउँघरको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताउनुभयो । 
    यसअघि हङकङबाट याम सेम्बुले अगुवाई गरेर आफन्त साथीभाई शुभेच्छुकबाट नगद २ लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार ८ सय ८८ र मकाउबाटै गोपाल थापाले ३१ हजार ३ सय ६० रुपैंया सहयोग भईसकेको छ । 
    देशविदेशमा पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…