• नयाँ वर्ष २०७५ सालको अवसरमा सारा नेपालीहरुलाई हार्दिक शुभकामना ।

    नेपाली कांग्रेसले चुनावको समिक्षा गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ । अबका दिनमा कर्मशील कांग्रेस बनाउनका लागि विगतका गल्ती र कमी कमजोरी हटाउनुपर्छ । निमुखालाई न्याय विपन्नलाई आय दिलाउने आदर्शलाई चरितार्थ गर्न कांग्रेस प्रयत्नशिल हुन्छ ।

    राष्ट्रियता, समाजवाद र प्रजातान्त्रलाई साकार बनाउने बाटोमा हिँड्नुको विकल्प छैन । कर्मशील कांग्रेसको नारा बनाएर अगाडि बढ्नुपर्छ । अहिलेसम्म पनि कांग्रेकिो सिद्धान्त सफल भएको छ । तर पार्टीले चुनाव हारेको छ । धेरै क्षति बेहोरेको छ । अब पार्टीलाई क्षति परिपूर्ति गर्दै बलियो बन्नका लागि जनताको हितमा काम गर्नुपर्छ ।

    नेपाली कांग्रेसका धेरै अन्तरघातीहरु जन्मिए । पार्टीभित्रै बसेर पार्टीलाई नै समाप्त पार्ने, ध्वस्त पार्ने काम गरिरहेका छन् । कांग्रेसको मुकुण्डो लगाएर म जन्मजात कांग्रेस हुँ भन्ने तर कांग्रेसलाई नै समाप्त गर्नको लागि भूमिका खेल्ने तत्वहरु छन् । तिनीहरुबाट कांग्रेसलाई जोगाउनुपर्छ ।

    कांग्रेसले किन चुनाव हार्यो भन्ने विषयको खोजी गरिनुपर्छ । कांग्रेस अनुकुलको आचरण प्रयोग गरेनौँ कि ? लेनदेनको दर्शनतिर लाग्यौँ कि भन्ने जस्ता कुराको खोजी गरिनुपर्छ ।

    देशमा संविधान निर्माण र जारी हाम्रै नेतृत्वमा भएको छ । नयाँ संविधानअनुसारको सुत्रपात भएको छ । जनताको हातमा अधिकार पुर्याउने, विकास निर्माणका लागि सक्षम बनाउने लगायतका काम भइसकेको छ । स्थानीय सरकार बनिसकेको छ । अब व्यवहारिक रुपमा नै सिंहदरबार गाउँगाउँमा पुग्नुपर्छ । कांग्रेसको सिद्धान्तले नै देशले विजय हासिल गरेको हो ।

    अब जनताले विकासको अनुभूति गर्न पाउनुपर्छ ।

    वैशाख १, २०७५ /नेपाली कांग्रेस-रामचन्द्र पौडेल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…