•  अछाम । नयाँ वर्षकोलाई स्वागत गर्दै अछाम जेसीजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 
    शनिवार जेसीजको सचिवालयमा आयोजित कार्यक्रममा वर्ष २०१८ लाई सफलतापूर्वक सम्पन्न गर्दै आम युवाहरुलाई जेसीजप्रति आर्कषण गराउने सक्षम बन्ने शुभकामना दिएका थिए । 
    साथै सोही अवसरमा अछाम जेसीजले प्रकाशन गरेको २०७५ सालको भित्रे पात्रोको विमोचन गरिएको थियो । 
    यसैगरी शाखाले सञ्चालन गरेको भाग्यशाली उपहार समेत घोषणा गरिएको थियो । जसमा प्रथम पुरस्कार एक थान ल्यापटप, दोस्रोमा २ जनालाई एलइडी टिभि २ जनालाई, तेस्रोमा ३ जनालाई सेम्संग मोवाइल र १ सय जनालाई सान्तवना पुरस्कार र रिर्चाज कार्ड उपलब्ध गराइएको शाखा अध्यक्ष खेमराज ढुंगानाले बताउनु भयो । 

     

     

     

     

     

     

     

     

     

     


    साथै शाखाका वर्ष २०१५ का कोषाध्यक्ष सरस्वती रावल रामारोशन गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको अवसरमा सम्मान समेत गरिएको थियो । सो सम्मान नेपाल जेसीजले उपलब्ध गराएको हो । 
    अछाम क्षेत्र २ का प्रतिनिधि सांसद यज्ञ बोगटीको प्रमुख आथित्यता शाखा अध्यक्ष खेमराज ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहोरा, समन्वय समितिका उपसंयोजक टोपबहादुर रावल, घरेलु महासंघ प्रदेश नम्बर ६ का अध्यक्ष नरबहादुर रावल, रामारोशन गाउँपालिकाको उपाध्यक्ष सरस्वती रावल, अछाम उद्योग वाणिज्य महासंघका महासचिव बमबहादुर रावललगायतले वर्ष २०१८ लाई अछाम जेसीजमा ऐतिहासिक वर्षका रुपमा चिनाउन शुभकामना दिनु भयो । कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष मानबहादुर कुवर, पूर्व अध्यक्ष नवराज न्यौपानेलगायतका विशिष्ट व्यक्त्हिरुको सहभागिता रहेको थियो ।
    कार्यकारीणी उपाध्यक्ष नरेशुमार शाहीले स्वागत, कार्यकारीणी उपाध्यक्ष पूर्णबहादुर खड्काको आस्था वाचन रहेको कार्यक्रम सञ्चालन महासचिव विष्णु भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा २०१७ का महासचिव छत्र धमलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…