• देबु बानियाँ 
    धनगढी । नव जीवन कोअपरेटिपस लिमिटेड धनगढी हाफ म्याराथुन २०१८ मा जुम्लाका धुब्रबहादुर बुढाले बाजी मारेका छन् । 
    शनिवार धनगढी जेसीजले आयोजना गरेको ५ र्औँ संस्करणको म्याराथुन प्रतियोगतामा १ घण्टा ७ मिनेट १८ सकेण्डमा २१ किलोमिटर दुरी पार गर्दै जुम्लाका बुढाले म्याराथुनको बाजी मारेका हुन् । उपाधीसँगै उनले नगद ५१ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । नव जीवन सहकारी संस्था धनगढीको मुख्य प्रायोजक रहेको प्रतियोगितामा नेपाली सेनाका लालबहादुर थापा दोस्रो भए । उनले नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । नेपाली सेनाकै हरि रिमालले तेस्रोत पुरस्कार प्राप्त गर्न सफल भए । उनले नगद १५ हजार, मेडल र प्रमाण पत्र पाए । 
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले उद्घाटन गर्नु भएको म्याराथुन प्रतियोगिताका विजेतालाई पुरस्कृत समेत अध्यक्ष बस्यालले गर्नु भएको थियो ।  


       धनगढी दौडिन्छ भन्ने मूल नाराका साथ समग्र सुदुरपश्चिमका (७ नम्बर प्रदेश) को हरेक क्षेत्रको विकासका निम्ति यो म्याराथुुन कार्यक्रम गर्दै आएको धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाले बताउनु भयो । 
    यसैगरी, पहिलो म्याराथुन सकिए लगत्तै करपोरेट मिडिया दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । ५ कलोमिटरको म्याराथुनमा भीमबहादुर चौधरी प्रथम, सिद्धराज जोसी दोस्रो र मनमोहन विष्ट तेस्रो भएका थिए । उनीहरुलाई जनही ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो । साथै शारीरिक अपांगता भएका व्यक्तिहरुको समेत ट्राइ साइकल दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जुन प्रतियोगितामा शारीरिक अपांगता भएको ७ जनाको सहभागिता रहेको थियो । उनीहरु सातै जनालाई जनही १ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । 
    हाफ म्याराथुनमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाले समेत दौडमा सहभागि भएका थिए । 

    शाखा अध्यक्ष यज्ञराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रि«य उपाध्यक्ष टेकराज रेग्मी, महिला संयोजक एकता जिसी, शाखाका पूर्व अध्यक्षहरु, संस्थापक अध्यक्ष, जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, जिल्लाका विभिन्न शाखा अध्यक्षहरु, जिमेकी जिल्लाका शाखा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, नेपाली सेना, नेपा प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उल्लेखीय सहभागिता रहेको थियो । 
    स्वागत कार्यक्रम कार्यकारी उपाध्यक्ष कमलराज पनेरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव सत्यराज जोशीले गर्नु भएको थियो । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…