• इलाम, बैशाख १ । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । मेची अञ्चलको उत्कृष्ट र उदियमान पत्रकारलाई हरेक वर्ष बैशाख १ गते प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष थाहा खबरका इलाम सम्वाददाता एवम् स्थानीय सन्देश साप्ताहिकका सहसम्पादक ढकाललाई प्रदान गरिएको हो ।

    उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राम राना र धीरेन्द्र शर्माले दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरे । इलाम सदरमुकाम स्थापना भएको २ सय वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमभित्रै समावेश गरेर आशिष स्मृति पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

    रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल बैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएपछि उनको सम्झनामा २०६० सालमा इलामका सक्रिय पत्रकारहरुको अगुवाइमा ‘आशिष स्मृति पत्रकारिता पुरस्कार कोष’ को स्थापना गरिएको थियो । त्यसयता हरेक वर्ष मेचीका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।
    यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी र रमेश समदर्शी राई तथा ताप्लेजुङका आनन्द गौतम र सीता निरौला पुरस्कृत भइसकेका छन् ।

    महासंघ इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय आशिष राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका विषयमा चर्चा गरिएको थियो । नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतमले स्वर्गीय आशिष राईले इलाममा पत्रकारिकताको विकास गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…