• काठमाडौं/ नयाँ बर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ चारका सांसद गगनकुमार थापाले आज आफ्नो क्षेत्रमा सरसफाई अभियान सुरु गरेका छन्  ।

    गत बर्ष २०७४ को पहिलो दिन स्वास्थ्य मन्त्री भएकाले मेरो स्वास्थ्य मेरो बर्ष अभियानको सुरुवात गरेका थापाले आज आफ्नो निर्वाचन क्षेत्रमा सरसफाई अभियान सुरु गरेको हो ।

    सांसद थापाले स्थापना गरेको काठमाडौ चारको सांसदको कार्यालयद्धारा आयोजित “म बन्छु जिम्मेवार : कर्तव्यसंगै अधिकार” नामक अभियानको शताब्दी पुरुष सत्यमोहन जोशीले प्रारम्भ भएको घोषणा गरे ।

    कार्यक्रममा शताब्दीपुरुष जोशीले चार नं. क्षेत्रमा सुरु गरिएको यो अभियान मेची देखि महाकाली सम्मका गाँउपालिका देखि केन्द्रीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए । कतव्र्यमा जोड दिने कतव्र्य सहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने उनले विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै बर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गरे । हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको भागीदार हुने तर्क गरे । अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ बर्षका अवसरमा लिन उनले आग्रह गरे ।

    अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपुर्ण जिम्मेबार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे । यो बर्षभरी ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने सांसद उनले जानकारी दिए । अभियान अन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर देखि चावहिल सम्म बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…