• नेपाल जेसीजका राष्ट्रिय जेसीआई सिनेटर अध्यक्ष श्रीधर बस्यालले जेसीज सामाजिक क्षेत्रमा काम गर्ने विशुद्ध सामाजिक संस्था भएकाले समाजका लागि नै काम गर्न आग्रह गर्नु भएको छ । 
    फुलवारी जेसीज कैलालीले आयोजना गरेको विषेश कायक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष बस्यालले सकारात्मक परिवर्तनका लागि सकारात्मक सोचका साथ काम गर्न फुलवारी जेसीजलाई आग्रह गर्नु भएकोहो । 
    पश्चिम जिल्लाका शाखाहरुका भ्रमणको क्रममा अन्तिम दिन शनिवार फुलवारी जेसीजमा आइपुग्नु भएको बस्यालले समाजमा रहेका युवाहरुलाई जेसीजको माध्यमबाट आफुसँगै समाज परिवर्तनमा लाग्न आग्रह गर्नु भएको हो । उहाँले जेसीजले व्यक्तित्व तथा सामाजिक परिवर्तनमा जेसीज महत्वपूर्ण माध्यम रहने बताउँदै आम युवाहरुलाई जेसीजमा लाग्न आग्रह गर्नु भएको हो । सोह अवसरमा फुलवारी जेसीजले राष्ट्रिय अध्यक्ष बस्याललाई स्वागतसहित सम्मान गरेको थियो ।


    शाखा अध्यक्ष विरसिंह महराको सभापतित्वमा सम्पन्न कार्यक्रममा  राष्ट्रिय उपाध्यक्ष टेमरज रेग्मी, राष्ट्रिय कोषाध्यक्ष जेसीआाई सिनेटर हेमराज ओझा, फुलवारी जेसीजका संंस्थापक अध्यक्ष सुनिल सुवेदी, निवर्तमान अध्यक्ष लक्ष्मण ओझा, नेपाल जेसीजका विजनेश कमिटि संयोजक
    दिनेश मोहरा, महेन्द्रनगर जेसीजका अध्यक्ष अमरबहादुर चन्द, धनगढी महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी, फुलबारी बहुमुखी क्याम्पसका अध्यक्ष भुवन रिजाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा फुलवारीका सभापति बमबहादुर तिवारी
    क्रिकेटका राष्ट्रिय खेलाडी राजु रिजाललगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यकारीण उपाध्यक्ष प्रविण ओझाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव रुद्रप्रसाद काफ्लेले गर्नु भएको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…