• सुन्दरीजल काठमाण्डौ जिल्लामा अवस्थित एक पर्यटकिय  सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।

    हिन्दुहरुको पूज्य देवी श्री सुन्दरीमाईको मन्दिर भएको स्थान भएकाले पनि यस गाविसको नाम सुन्दरीजल रहन गएको मान्यता छ ।[१]यसका साथै कञ्चन र सुन्दर बागमती नदी बग्ने स्थान भएकाले पनि यस ठाँउलाई सुन्दरीजलको नामले चिनिन्छ ।  सुन्दरीजलमा   नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत गृह पनि अवस्थित छ । ६४० किलो वाट क्षेमता भएको यस जलविद्युत गृहको निर्माण वि.सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए । पर्यटन व्यवसायलाई सुन्दरीजल गाविसको प्रमुख व्यवसायको रुपमा लिईन्छ । विभिन्न प्राकृतिक हराभराको संगम स्थलका साथै सबै धर्म र जातीको परमपरागत कला तथा संस्कृति नै यस सुन्दरीजल  पर्यटक भित्राउने प्रमुख आर्कषणको पक्ष रहि आएको छ । विशेष गरी यस सुन्दरीजल शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको नदि, नाला, ठूला चट्टान र त्यस चट्टान हुँदै बग्ने छहरा तथा झरनाहरु पनि स्वदेशी तथा विदेशी पर्यटक आर्कषण गर्ने उत्कृष्ट नमुना हुन् ।

    बार्षिक हजारै स्वदेशी तथा विदेशी पर्यटक भित्राउने यस सुन्दरीजलमा हरेक हप्ताको अन्तिममा घुम्न आउने स्थानीय क्षेत्रका युवा र युवतीको घुईचोले पनि सुन्दरीजल गाविसको पर्या–पर्यटनमा टेवा पु¥याउदै आएको छ । काठमाण्डौको धुला–धुवाँ र कामको व्यस्ततालाई विर्सेर साथिभाई तथा परिवारका साथ केही क्षणको लागि भएपनि गाँउको हावापानी तथा गाउँले परिभेषको अनुभूति गर्नको लागि पनि एक उत्कृष्ट नमुना बन्दै आएको छ यस सुन्दरीजल  । सुन्दरीजलमा रहेको स्वच्छ हावापानी र रमणीय स्थलका साथसाथै यस स्थानमा रहेको ठूला–ठूला चट्टानले पनि यस क्षेत्रको आर्कषण बढाएको छ । रक क्लाईम्बिङ जस्ता सहासीक खेलको अनुभूती प्राप्त गर्न सकिने यहाँका चट्टानले स्वदेशी तथा विदेशी पर्यटकको मन जित्न सफल भएको छ । यसका साथसाथै सुन्दरीजल देखी चिसापानी सम्मको २२ व. कि. मि दुरीको पदयात्रा मार्ग पनि सुन्दरीजललाई चिनाउने मुख्य आर्कषणको विषय बन्दै आएको छ ।

    सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कवाट मात्र केही मिटरको दुरीमा कृष्ण मन्दिर र गणेश मन्दिर अवस्थित छ । यसैगरी चिनारी बन्दै आएको सुन्दरीमाई मन्दिर सुन्दरीजल बसपार्कबाट निकुञ्जको मार्ग हुदैँ केही कि. मि दुरीमै अवस्थित छ । हिन्दु नेपालीहरुको महान चाड दशैँको ९ दिनसम्म नै यस मन्दिरमा दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्दछ ।

    यसका साथै  निर्मित स्तुपा, बौद्ध धर्मसम्बन्धि पाठशालाले पनि धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । सुन्दरीजलमा हरेक वर्षको साउन महिनाको प्रत्येक सोमबार बोल–बम मेला मनाईने गर्दछ । हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतिक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागीता हुने गर्दछ ।

    विशेष गरी नेपालको तराई क्षेत्रबाट लाखौँका संख्यामा हिन्दु धर्मावलम्बीहरु सुन्दरीजलमा मेला भर्न आउने गर्दछन् । यस मेलामा सुन्दरीमाई मन्दिर क्षेत्रबाट लोटामा जल भरी नाङ्गो खुट्टा पैदल नै पशुपति मन्दिर परिसर सम्मको यात्रा गरी जल चढाईन्छ । यसका साथै प्रत्येक वर्ष दशहरा पर्वमा दशहरा स्नानका लागि पनि यहाँका नदिमा हिन्दु धर्मावलम्बीहरुको ठूलो घुँईचो लाग्ने गर्दछ ।

    सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी  वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छ । यस सुन्दरीजलमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास रहेको पाईन्छ । यस सुन्दरीजलमा करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी  करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पनि पाईन्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…