अमृता अधिकारी
उस्का दिनहरू एक्दमै खराब थिए। उस्ले जे काम गरे पनि उसलाई नोक्सान मात्र हुन्थ्यो। बुढा बाआमा , बिमार श्रीमती, दुई छोरी अनि एक छोराको जिम्मेवारी उसको काधमा थियो। "यहाँ बसेर भएन परदेश जा छोरा" बाआमाले सम्झाउदा पनि उ गएन ।
उ भन्ने गर्थ्यो, डाडा माथीका घाम हजुरहरु, रोगी हजुरकी बुहारी अनि छोराछोरीको भबिस्य छोडेर जादिन म।
उसले सुरुमा आलुखेती गर्यो। तुसारोले उसका आलुमा डडेलो लाग्यो । खन्नी बेलामा लगातार भारी बर्षाले उसका सबै आलु कुहिए। आलु पछि उसले काक्रा खेती गर्यो । अशिनाले सबै झाल सखाप पार्यो। उसले बर्खामा धान खेती गर्यो । उसले धान काटेकै दिनमा पानी पर्यो । धान खेतमा नै अधिया भयो ।
उ रिणले डुबिसकेको थियो । घर खर्च चलाउन निकै नै गार्हो भएको थियो। नयाँ बर्ष त परै जाओस् उ छोराछोरीलाई दसैंमा एक जोर कपडा किनिदिन पनि नसक्ने भैसकेको थियो । उसले श्रीमतीको उपचारको लागी गोठको गाइ समेत बेच्नुपर्यो ।
उ सङ चल अचल सम्पत्ति जे भनेपनि त्यही घरबारी र सानो झुपडी मात्र बाकी थियो । अबभने उसलाई गाउँलेले मात्र हैन आफन्तले पनि पत्याउन छोडे। सहयोग गर्ने हात नभएपनि उसले हिम्मत हारेन । गाउँ छोडि सहर गएकाहरुको खेत लिएर उसले अधिया खेती सुरु गर्यो। मौसमी मात्र नभई बेमौसमी खेती सुरु गर्यो । आफ्ना पाखुरा बजारी रह्यो । "दिन दोगुना रात चौगुना" भने जस्तै उसको कृषि फस्टाउदै गयो । बेमौसमी खेतीले राम्रो आम्दानी भयो । पछि उसले कुखुरा पालन सुरु गर्यो । कुखुरालाई दाना पानी बिहान बेलुका दिएर दिउँसो खेत बारीमा काम गर्न थाल्यो। कुखुरा पालन बाट झनै राम्रो आम्दानी भयो। दिन रात, चाडबाड, झरी बादल नभनी उ काम गरिरह्यो । ......
आज उसले तीन चार जनालाई जागीर दिएको छ। छोराछोरीलाई राम्रो स्कुल पठाएको छ । ठाउँमा गएर उपचार गराए पछि बिमार श्रीमती पनि काम गर्न सक्ने भएकि छन् । बाआमा छोराको प्रगति देखेर खुशी छन । उसको बिश्वास नगर्नेहरु आजभोलि उसङ सल्लाह सुझाब लिन आउछन ।
भोलि नयाँ बर्षको दिन पारेर उसले गाई पालनको लागी जग राख्ने भएको छ ।