• विराटनगर, २ वैशाख । तस्करीको ३३ किलो सुन गायब भएसँगै भरिया सनम शाक्यको हत्या प्रकरण जटिल बन्दै गएको छ ।

    पछिल्लो पटक उक्त सुन प्रकरणमा प्रहरीको पनि संलग्नता रहेको तथ्य बाहिर आएपछि गृह मन्त्रालयले सहसचिव इश्वर पौडयालको संयोजकत्वमा अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको छ ।  कान्तिपुर दैनिकले समाचार छापेको छ ।

    यसअघि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । तर महाशाखाको अनुसन्धानमा कैफियत देखिएको भन्दै महाशाखा प्रमुख एसएसपी दिवेश सुवेदी र डिएसपी प्रजित केसीलाई हेडक्वाटर तानेर गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा सहसचिव पौड्यालको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेपछि घटनाको अनुसन्धानले नयाँ मोड लिएको हो ।

    समितिले हत्यामा संलग्न भएको आशंकामा काठमाडौंमा पक्राउ गरिएका दर्जन आरोपीलाई विराटनगर ल्याइएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले काठमाडा्रैको आरके ज्वेलर्सका राजेन्द्र शाक्य सहित हालसम्म १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    भरियाभरिया बीच ३३ किलो सुन गायब भएपछि उनीहरुको समूहले फागुन तेस्रो साता मोरङको उर्लावारी घर भएका सनम शाक्यको हत्या गरेको थियो । उनी सुनका भरिया भएको प्रहरीले पुष्टि गरेको छ ।

    प्रहरीको केन्द्रीय अपराध अनुसन्धान महाशाखाको टोलीले बा १२ च ५९६३ नम्बरको स्कारपियो गाडीको सीटमुनी लुकाएर राखेको अवस्थामा शाक्यको लास सहित घटनामा संलग्न ३ जनालाई विराटनगर महानगरपालिका ३ को कन्यामार्गमा नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो ।

    काठमाडौंमा पक्राउ गरिएका राजेन्द्र शाक्य सहित धरानका महाविर गोल्यान, भुजुङ गुरुङ, वालकृष्ण श्रेष्ठ, कपिल राजदुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्वीरप्रसाद तिलाङगे, हेमन्त पौडेल, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाक्पा शेर्पा र मदन प्रसाद घिमिरेलाई विराटनगर ल्याएर अनुसन्धान गरिरहेको छ । यसअघी शाक्यको शवसँगै उर्लावारीका मोहन काफ्ले, नरेन्द्र कार्की र काभ्रोका टेकवहादुर मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    माघमा केरुङ नाकावाट ३३ किलो सुन तस्करी भएर भित्रिएको थियो । त्यस लगत्तै उक्त सुन भारत लैजाने तयारीमा शाक्यले भद्रपुर पुर्‍याएपछि उनी सुन मालिकसँग सम्पर्क विहिन रहेको स्रोतको दावी छ ।

    शाक्य सम्पर्क बीहिन भएपछि मालिकले उनलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरे । स्रोतले भन्यो उनी सम्पर्कमा नआएपछि अरु भरिया काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लावारीका नरेन्द्र कार्की र मोहन काफ्लेलाई खटाएर करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको मृत्यु भएको प्रहरीको बुझाई छ ।

    प्रहरीले शाक्यको शव सहित इनभर्टरका दुईवटा ब्याट्री र करेन्ट लगाउन प्रयोग गरिने विद्युतीय उपकरण फेला पारेको थियो । सुनका भरिया समूहले शाक्यलाई चारदिन आफ्नो नियन्त्रणमा लिएर चारकोशे जङगलको पथरी, धरान र सिरहाका विभिन्न स्थानमा लगेर करेन्ट लगाएर सुन कहाँ छ भनेर सोध्दा पथरीको जङगलमा शाक्यको मृत्यु भएको पाइएको प्रहरीको भनाई छ ।

    उक्त सुनका मालिक उर्लावारीकै गोरे भनिने चुडामणी उप्रेती भएको बताइएपनि प्रहरीले अहिलेसम्म सुनको वास्तविक मालिकको नाम सार्वजनिक गरेको छैन ।

    घटनामा संलग्न भएको आशंकामा काठमाडौंमा पक्राउ गरिएका सबैलाई विराटनगर ल्याएर म्याद थपगरी अनुसन्धान भइरहेको मोरङ प्रहरी स्रोतको भनाई छ । घटना एउटै भएकाले उनीहरुलाई यही ल्याइएको र केन्द्रकै टोली विराटनगर आएर अनुसन्धान गरिरहेकाले यस विषयमा बोल्न नमिल्ने मोरङ प्रहरी स्रोतको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…