• काठमाडौं, २ वैशाख । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन्।

    तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन्।

    सरकारमा रहँदा र सरकार बाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समुहको निस्कर्ष छ।

    तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहर सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…