• हरि कोइराला
    पथरीशनिश्चरे । आधुनिक मनोरञ्जन साधनको पहुँच गाउँमा नभएको समयमा बालन र सङ्गीनीको हाई हाई थियो ।तर त्यही बालन र सङ्गीनीको कुरा गर्दा अचेल शहरमा मात्र होइन गाउँमा पनि धेरैले नाक खुम्च्याउँछन् ।
    शनिबार मोरङको पथरीशनिश्चरे ३ मा स्थानीय जागरुक महिला समूहले युवा पुस्तामा बालन र सङ्गीनीको परिचय गराउन प्रतियोगितात्मक बालन र सङ्गीनी प्रतियोगितामा आयोजना ग¥यो । के बालबालिका, के युवा , बुढापाका नरनारीको कुरै नगरौं ।झण्डै एक हजार बढी स्थानीयको सहभागितामा दुबै प्रतियोगिता आयोजना गरिएको थियो ।
    सङ्गीनीमा १० समूहले भाग लिएका थिए भने बालनमा २ समूह मात्र थिउ । बहुचर्चित लोक गायक एलपी जोशीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता शनिबार दिनभर चलेको थियो । बुढापाकामा आकर्षण थियो नै ,युवा पूस्ता र बालबालिका पनि सङ्गीनी र बालनमा उत्तिकै झुमेका थिए ।
    विगतमा घरधन्दा र मेला पातका गीत गाएर सङ्गीनी नाच्ने गरिन्थ्यो ।अहिले समाजमा भएको महिला हिंसा विरुद्ध लाग्न र अधिकार स्थापित गर्न आफ्नै गाउँबाट सुरु गर्नुपर्छ भन्दै सङ्गीनी गाउँदै नाँच्दा सहभागिहरू छमछम नाँचेका थिए ।
    गाउँघरमा कुनै शुभकार्य हुँदा नाचिने ‘बालन नाच’र सङ्गीनी गुमनाम भयो , त्यसैले अभियान सुरु गरेका हौं स्थानीय जागरुक महिला समूहका अध्यक्ष रेणुका काफ्लेले बताउनु भयो । खासगरी बाहुन क्षेत्री समूदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभकार्यमा बालन नाचिने गरिन्थ्यो ।झण्डै एक दशक अघिसम्म गाउँघरमा बालन नाँचेको स्मरण गर्दै स्थानीय भूवनेश्वर पोख्रेलले भन्नुभयो– वालन नाच लोप हुन लाग्यो ,त्यसैले संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरेका हौं ।घरमा शुभकार्य हुँदा दिनभर पूजापाठ गर्ने र राति बालन नाँच्ने परम्परा थियो । तर, पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच आझेलमा परेको उहाँले बताउनु भयो ।
    हिन्दूग्रन्थहरू गीता, रामायण, देवी भागवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरू गर्दै रातभर बालन नाँच्ने चलन थियो । चारदेखि सात जोडी समूह बनाएर झ्याली, झ्याम्टा र मजुराहरू बजाउँदै ४ सय २७ चरणमा नाच सकिने गर्दछ ।
    हा……हा….
    हामी र आयौ, पञ्चै बालन खेल्न आँगन बढारी राखन
    हा…..हा….
    हामी र जान्छौ दिदीबहिनी भेट्न चामल कुटाई राखन
    शनिवार सम्पन्न प्रतियोगितामा सिद्धेश्वर हरिकीर्तन समूह प्रथम, दीर्घायू हरिकीर्तन समूह दोस्रो र भृकुटी हरि कीतृन समूह तेस्रो भए । बालन तर्फ पाथीभरा बालन समूह प्रथम भयो । विजयी समूहलाई लोक गायक एलपी जोशीले पुरस्कार प्रदान गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…