• काठमाडौं । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली कथानक छोटो चलचित्र हाम्रो जीएफ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्रेजी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो सर्टमुभी वैशाख १ गते सार्वजनिक भएको छ । सर्टमुभिमा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा सेर्पा र दिपेन घलेको अभिनय रहेको छ । सर्टमुभिलाई सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन् ।

    निर्दशक राईले दर्जन बढी म्यूजिक भिडियो निर्देशन पछि पहिलो पटक छोटो चलचित्र निर्देशन गरेका हुन् । 
        सर्टमुभिको कथा सन्तोष राई (छत्र)को रहेको छ भने सम्पादन दिनसन साहले गरेका छन् । पूर्वको झापा र मोरङमा छायांकन गरिएको सो चलचित्रलाई भूपेन्द्र तुम्वाहाम्फले खिचेका हुन् ।

    निर्देशक राईले भने ..यस सर्ट चलचित्रले टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र त्यसको गलत प्रयोगले हुने युवा युवतीको नकारात्मक असरलाई देखाइएको छ । मोफसलमा रहेर क्रेजी इन्टरटेनमेन्टले भिडियो मेकिङलाई निरन्तरता दिइरहेको छ । चाँडै नै ठूलो व्यानरको चलचित्र पनि निर्माण गर्ने बताइएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…