• देबु बानियाँ
    कैलाली । लम्की जेसीज र लम्की लेडी जेसीजको सयुक्त आयोजनामा असहाय र अशक्त व्यक्तिहरुको हेरचाह गर्दै आएको एक संस्थालाई खाद्यन्य सामाग्री प्रदान गरिएको छ । 
    कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको असाहयका लागि सहयोगी हात नेपाल संस्थालाई यहाँका यी दुई जेसीजले शनिवार एक कार्यक्रमको आयोजना गरि २ क्वीन्टल चामल, १ बोरा चिउरा, २ काटुन खाने तेल, २ काटुन फलफुललगायतका सामाग्री प्रदान गरिएको हो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य हो भन्ने जेसीजको मूल मर्मलाई आधार मानेर समाजमा रहेर सामाजिक क्षेत्रमा योगदान गरिरहेको संस्थालाई सहयोग गरेको लम्की लेडी जेसीजकी अध्यक्ष देवकी कार्कीले बताउनु भयो । यस भन्दा अघि पनि विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आएको बताइन् । 
    साथै नयाँ वर्षको अवसर पारेर शाखाहरुकै आयोजनामा शुभकामना तथा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । पश्चिम शाखाहरुको भ्रमणमा शनिवार लम्की आइपुग्नु भएका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याललाई शाखाले सयुक्त रुपमा सम्मान तथा स्वागत गरेका थिए । 


    लम्की जेसीजका अध्यक्ष रामबहादुर बोगटीको सभापतित्व तथा राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, लम्की जेसीजका संस्थापक अध्यक्ष सिनेटर हेमन्तकुमार बस्नेत, पूर्व अध्यक्ष खडानन्द सापकोटा, पूर्व अध्यक्ष पदमप्रसाद आचार्य, लम्की लेडी जेसीजकी अध्यक्ष देवकी कार्कीलगायतले बोल्नु भएको थियो । शाखा उपाध्यक्ष घनश्याम डाँगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव ललित देउवाले गर्नु भएको थियो ।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…