• देबु बानियाँ
    झापा । सामाजिक क्षेत्रमा क्रियाशील रहेका जेसीजले विभिन्न गतिविधिमा क्रियाशील बन्दै आएका छन् । नयाँ वर्ष तथा मातातीथै औँशीको अवसर पारेर देशभरका शाखाले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । 
    मातातिर्थ औंसीको अवसर पारेर सुरुङ्गा जेसीजले ग्रामिण क्षेत्रका जेष्ठ माताहरुलाई कपडा, फलफूल र खाद्यसामग्री वितरण गर्दै विशेष सम्मान गरेको छ ।
      समाजका जेष्ठ माताहरुलाई जिउँदो तिर्थका रुपमा मान्दै हरेक वर्ष आफ्नो वार्षिक क्यालेन्डरमा राखेर जेसीजले जेष्ठ मातालाई सम्मान गर्दै आएको छ । विभिन्न आश्रमहरुमा सवैको नजर पुग्ने तर ग्रामिण क्षेत्रमा रहेका गरीव, असहाय, अपाङ्ग वृद्धवृद्धाहरुमा कसैको पनि नजर नपुग्ने भन्दै सुरुङ्गा जेसीजले केही वर्षदेखी ग्रामिण क्षेत्रलाई लक्षित गर्दै सम्मान कार्यक्रम गर्दै आएको सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईले वताएका छन् । 0"]सोही क्रममा सोमवार कनकाई  नगर वडा नं.३ को तल्लो भेगमा रहेको एकान्त टोल साथै वडा नं. ७ को तल्लो टोलका विपन्न वर्गका गरी १५ जना जेष्ठ माताहरुलाई विशेष सम्मान गरीएको हो । कार्यक्रमकी प्रमुख अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराई लगायतले जेष्ठ माताहरुलाई सामग्री वितरण गर्दै सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा विष्णुमाया कुमाल, गुजरानी राई, कौशिला राई, मनमाया विक, तारा राई, सीता चौधरी, होमकुमारी गौतम, मन्जु विक, पदममाया ढकाल, गंगामाया लिम्वू, लुखी किस्कु, हुमा तामाङ्, टिकामाया तामाङ्, सुकमाया तामाङ् र रनमाया कुमाल रहेका छन् । 
      सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व रहेको कार्यक्रममा वडा नं.३ का वडा सदस्य छवि थपलिया, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिव कडेल, सल्लाहकार ख्याम प्रसाईँ, कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल, समाजसेवी कमल थपलिया लगायतले मन्तव्य राहेका थिए । कार्यक्रम संयोजक रामप्रसाद निरौलाले औचित्य सहित स्वागत गरेको कार्यक्रमको संचालन महासचिव देवेन्द्र रिसालले गरेका थिए । 

    ] यसैगरी, वीरता लेडी जेसीज र सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा ११० जना महिलाको भिआइए परीक्षण गरिएको हो । १ सय १० जनाको भिआइए परीक्षण गर्दा १० जना महिलाको रिपोर्टमा भिआइए पोजेटिभ देखिएको बताइएको छ । 
    आयोजक संस्थाका अध्यक्षद्वय वीरता लेडि जेसीजकी अध्यक्ष नम्रता ढकाल र सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापाको संयुक्त अध्यक्षता तथा जिल्ला सहकारी संघकी जिल्ला सदस्य तुलसा कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुँवर, विशेष अतिथि शारदा रिजाल, अर्जुनधारा वडा नम्बर–८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, सहकारी क्षेत्रीय सदस्य कृष्ण चापागाँई, कालिका शिशुसदनका संस्थापक प्रिन्सिपल मोहन सुब्बा, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, कर्ण तामाङ, भूपेन्द्र न्यौपाने, ललित खड्का, नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, यज्ञलाल श्रेष्ठ, सकुन्तला बराल, शिला ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
    डाक्टर प्रविण भट्टराई नेतृत्वमा डाक्टर शुशिलाकुमारी यादव, चन्द्रकला निरौला, सुरेस लुईटेल लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
    कार्यक्रममा ज्येष्ठ माताहरु पूर्णिमाया लिम्बू, रनमाया लिम्बू, नरमाया धमला, लक्ष्मीदेवी सेढाई र जानुका पौडेललाई सम्मान गरिएको थियो ।   
    पम्फा वि.क ले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि नम्रता ढकालले प्रकाश पारेको कार्यक्रममा आस्था वाचन मञ्जु ओली न्यौपानेले गर्नुभएको कार्यक्रममा  कञ्चना ढकाल सिटौलाले स्वागत गर्नुभएको थियो ।

    यसैगरी, त्रिभूवननगर जेसीज दाङले  जेसीज सप्ताह सुरु गरेको छ । १ गते उद्घाटन भएको जेसीज सप्ताह ८ गते समापन हुनेछ । 
    शुभकामनासहित सुरु गरिएको सप्ताह अन्तरगत २ गते रक्तदान र ३ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएका छन् । पत्रकार र जेसीजबिच भएको प्रतियोगितामा जेसीज टिम विजय भएको शाखा अध्यक्ष लालमणि भण्डारीले बताए । उनका अनुसार ४ गते लागु औषध दुव्यर्सनी विरुद्ध चेनतामुलक कार्यक्रम, ५ गते निःशुल्क स्वास्थ्य शिविर, ५ गते ट्राफिक सचेतना कार्यक्रम र ८ गते साहित्यक कार्यक्रमसहित समापन हुनेछ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…