• बिर्तामोड । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सुशासन वहाली र गुणस्तरीय शिक्षामा जोड दिएका छन् । 
    वीरता जेसीजले झापाको बिर्तामोडमा राजनीतिज्ञ एवम् सञ्चारविद् मिश्रसँग आज सोमवार गरेको साझा सवाल कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् ।
     सुशासन र गुणस्तरीय शिक्षा भए मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने मिश्रको निष्कर्ष छ । वीरता जेसीजले दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन राजनीतिक दलहरुलाई जिम्वेवार बनाउन कार्यक्रम गरेको हो । 
    सरकार र राजनीतिक दलले सुशासनवहाली र गुणस्तरीय शिक्षा कार्यान्वयन गरेर अघि बढ्ने हो भने नेपाल छिट्टै समृद्धि राष्ट्र हुने मिश्रले बताए । उनले उक्त दुबै विषय कार्यान्वयनमा आफ्नो पार्टीको तर्फबाट प्रतिबद्धता समेत जनाए । 


    राजा महेन्द्रपछि सबैभन्दा शक्तिशाली शासकको रुपमा अहिलेको सरकार रहेको चर्चा गर्दै मिश्रले भ्रष्टाचार नियन्त्रण गर्न यो सरकारलाई अनुकूल भएको बताए । 
    वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले हाकाहाकी आफ्ना जिज्ञासा मिश्र समक्ष राखेर जवाफ खोजेका थिए । 
    संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत तथा साझा सवालमा सहभागी चन्द्रकान्त ढकाल, दिपीन राई, पुष्प बराल, सजेश शिवाकोटी, राधा सुब्बा, ओमकृष्ण विमली, घनश्याम चौधरी लगायतले मिश्रसँग विभिन्न जिज्ञासा राखेका थिए । वीरता जेसीजका वातावरण संयोजक वीरबहादुर दर्नालले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी कुशल खतिवडाले अवधारणा पत्र प्रस्तुत गरेका थिए । सहकोषाध्यक्ष घनश्याम चौधरीले जेसीज आस्था वाचन गरेको कार्यक्रममा जेसीआई मिसन र भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस बर्षको प्रकरण कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले वाचन गरेका थिए । 
    कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्षहरु शेखर ढकाल, बिनोद बस्नेत, प्रेमश राजकर्णिकार, राजेन्द्र चौलागाई, यामकुमार खड्का, किरण श्रेष्ठ, हेम खड्का, निर्मल भट्टराई, सजेश शिवाकोटी,  वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा, पार्वता विमली लगायतको आतिथ्य थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…