• उर्लाबारीःनयाँ बर्षलाई नेपालीभन्दा पनि पश्चिमा शैलीमा मनाउने चलन बढ्दै गएको छ । तर, मोरङको लेटाङकी सामाजिक तथा राजनैतिक ब्यक्तित्व शान्ति पाख्रिनले नयाँ फरक तरिकाले मनाएकी छिन् । मिसेस ग्लाम नेपालको सेकेन्ड रनरपसमेत भएका पाख्रिनले नयाँ बर्ष नमूना बाल गृहका बालबालिकालाई सहयोग गरेर मनाएकी हुन् । ‘नयाँ बर्षमा अनाश्वयक खर्च गर्नु भन्दा पनि स–साना बालबालिकाहरुसँग आपसी सुख दुःख साटासाट गरेर मनाउनु उचित लाग्यो’ उनले भनिन्–‘सबैको साथ र सहगोग गृहमा आश्रित बालबालिकाले चाहेका छन् ।’ उनले चकलेट, सेलरोटीदेखि शैक्षिक साम्रगीहरु प्रदान गर्दा त्यहाँ उपस्थित बालबालिकाको मुहारमा खुशी देखिन्थ्यो । उनले आफू सानैमा अनाथ भएको बेदना सुनाउँदा बाल गृहका बालबालिका तथा उपस्थित अतिथिहरुको आँखा रसाएका थिए । २६ बर्षको उमेरमा पति विगोगमा परेकी उनले ठूलो संघर्ष गरेर सामाजिक तथा राजनैतिक क्षेत्रमा आफूलाई स्थापित गराएकी छिन् । उनले नेकपा एमालेकी युवा नेता हुन् भने लेटाङका अधिकांश संस्थामा उनी आबद्ध रहेर काम गरिरहेकी छन् । उनले खेलकुदलगायत क्षेत्रमा पनि सक्रिय छिन् ।

    कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारी, एमाले मोरङकी पूर्व सहसचिब विद्या चाम्लिङ, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष सर्सू गुरुङलगायतको उपस्थिति थियो । नमूना बाल गृहकी अध्यक्ष मीना बरालले बाल गृहका बालबालिकालाई सम्झेर सामाजिक तथा राजनैतिक ब्यक्ति शान्ति पाख्रिनले सहयोग गरेकोप्रति आभार प्रकट गर्दै सबैको साथ र सहयोगमा गृह अघि बढिरहेको जानकारी गराइन् । गृहमा ४६ जना बालबालिकाहरु आश्रित रहेका छन् । विभिन्न सहयोगी दाताकै भरमा चलेको उक्त गृह देशकै नमूना बाल गृहमा रुपमा रहेको छ ।

    त्यस्तै, पाख्रिनले सञ्चार क्लब नेपाल उर्लाबारीलाई ५ थान कुर्सी सहयोग गरेकी छिन् । क्लबका अध्यक्ष सरोज बस्नेत, महासचिब किशोर श्रेष्ठ, पूर्व सल्लाहकार मिलन के राउतलाई संयुक्त रुपमा शनिबार कुर्सी हस्तान्तरण गरेकी हुन् । आफू पूर्व संचारकर्मीसमेत भएर काम गरेको कारण पूर्वी मोरङका पत्रकारहरुको संस्था सञ्चार क्लबलाई सानो सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने उनले बताएकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…