• देबु बानियाँ, झापा, ३ वैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मातापिताको वियोग केही वर्षअघि सहनु पर्यो। तर, सोमबार आमाको मुख हेर्नका लागि शर्मा झापाको बुद्धशान्ति गाउँपालिका पुगे। उनले बुद्धशान्ति–३ की धिमाल आमा नामले परिचित एक बृद्धाका हातमा केही उपहार चढाए। र, आर्शिवाद थालेर विश्वप्रकाश फर्किए।

    सामान्य आर्थिक अवस्था रहेकी धिमालका सन्तान छैनन्। विश्वप्रकाशले पनि अभिभावक गुमाइसके। तर, सोमबार एक निसन्तान आमाले छोरो पाइन्। र, अभिभावकविहीन छोराले आमाको स्नेह पाए। 

    यसअघि, नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वप्रकाशले श्रीमती कविता शर्मासँगको एउटा तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरे। र, लेखे, ‘एकदिन छाडेर जानु छ संसार, नेत्रदान यसैले नयाँ वर्ष उपहार! आँखा दान इच्छापत्र भर्यौं आज हामी दुवैले, नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित डिसिएमटी आँखा (कोर्निया) संकलन केन्द्र काँकरभिट्टाका नाममा।’ 

    त्यसैगरी, विश्वप्रकाश दम्पतिले फेब्रुअरी १४ का दिन प्रणय दिवसका अवसरमा रक्तदान गरेका थिए। झापामा रगत अभाव भएका बेला उनले गर्ने योगदान योभन्दा ठूलो के हुनसक्थ्यो र! त्यति मात्रै होइन, आफ्नी छोरी संस्कृतिको जन्मदिन वृक्षरोपण गरेर मनाए विश्वप्रकाशले।

    विश्वप्रकाश शर्मा यिनै पृथक र प्रेरक कर्मका कारण नेपाली राजनीतिमा छुट्टै छवि भएको नेताका रुपमा स्थापित छन्। नेपाली कांग्रेसको प्रवक्ता भएपछि पार्टीलाई पुनर्जीवन दिन सशक्त ढंगले लागेको शर्मा अहोरात्र खट्छन्। ‘राजनीतिक आन्दोलनमा लागेपछि हामीले समाज र राष्ट्रप्रति नै सम्पूर्ण जीवन समर्पण गर्नुपर्छ,’ विश्वप्रकाशले शुभदिनसँग भने।

    राजनीतिक कार्यक्रममा सक्रिय भएपनि परिवार र समाजका लागि समय निकालेर सद्भाव बाँड्न पुगिहाल्छन् विश्वप्रकाश। उनको यो स्वभाव बाल्यकालदेखिकै हो।

    विश्वप्रकाश बदलिदो परिवेशलाई बुझेर अघि बढ्ने नेता हुन्। सभ्यता, सुसंस्कृत राजनीति, सुविचार, पारदर्शी र लक्ष्य प्राप्तिप्रति सधैँ कटिबद्ध शर्मा अध्ययनशील एवं बौद्धिक नेता हुन्। शर्मा प्रवक्ताको जिम्मेवारीमा आइसकेपछि पार्टीका आन्तरिक गतिविधिले तीव्रता पाएका छन्।

    डिजिटलाइज्ड कांग्रेस 

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका कार्यकर्तामा तत्काल जानकारी गराउने उद्देश्यले पार्टीको वेबसाइडलाई परिमार्जित रुपमा ल्याउने र अपडेट गर्ने तयारी भइरहेको बताएका छन्।

    प्रवक्ता शर्माका अनुसार नेपाली कांग्रेसको आफ्नै एप पनि चाँडै आउने छ। ‘नेपाली कांग्रेसलाई डिजिटलाइज्ड गर्ने हाम्रो प्रयास र अठोट हो,’ उनले भने।

    करिब २७ सय मतान्तरले विजयी भएका माअोवादी–एमाले उम्मेदवार राम कार्कीलार्इ उनले अाफ्नै हातले बुनेको माला लगाइदिए। यसरी अाफू पराजित हुँदै गर्दा विश्वप्रकाशले हिँडेको सभ्य राजनीतिको सुगन्ध मुलुकभरि फैलियो। 

    मत जितेनन्, मन जिते

    झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले उपविजेता बन्नुपर्यो। करिब २७ सय मतान्तरले विजयी भएका माअोवादी–एमाले उम्मेदवार राम कार्कीलार्इ उनले अाफ्नै हातले बुनेको माला लगाइदिए। यसरी अाफू पराजित हुँदै गर्दा विश्वप्रकाशले हिँडेको सभ्य राजनीतिको सुगन्ध मुलुकभरि फैलियो। 

    परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले पनि अघिल्लो निर्वाचनमा गुल्मीमा अाफू उपविजेता भएपछि कांग्रेस नेता चन्द्र भण्डारीलार्इ बधार्इ दिए। यसरी नेपाली राजनीतिकमा केही नेता छन्, जसले राष्ट्रलार्इ नवीनतम् सोचका साथ अघि बढाउन सक्छन्। विश्वप्रकाश शर्मा पनि त्यस्तै एक नेता हुन्। 

    विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता हुन्। तर, उनी कुनै एक पार्टी विशेषका नेता मात्रै होइनन्। नेता शर्माको कार्यशैलीका आधारमा उनलाई कुनै पार्टी विशेषको नेता मात्रै भन्नु अन्यायपूर्ण हुन्छ। उनको अगुवाईमा सामूहिक तबरबाट भए–गरेका काम धेरै छन्।

    वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात अरु जिल्लामा कांग्रेस, एमाले, माओवादी लगायतका दलले आ–आफ्नो दस्ता पठाए। कहिलेकाँही फरक शैलीमा देखिने विश्वप्रकाशले झापामै घोषणा गरे, ‘हामी भूकम्पबाट भत्किएका घर बनाउन जाँदा पार्टीको झण्डा बोकेर जादैनौं।’

    उनले कांग्रेससँगै एमाले, माओवादी, लिम्बुवान, राप्रपा र अरु दलका कार्यकर्तालाई मिलाएर जाने अवधारणा बनाए। कांग्रेसले मात्रै राजनीतिक रुपले काम गर्दा सबै पक्षलाई समेट्न गाह्रो हुन्थ्यो। उनले आग्रह गरे, कांग्रेसकै महाधिवेशन प्रतिनिधि विजय डालमियालाई। उनी मेची उद्योग वाणिज्य संघका अध्यक्ष थिए।

    डालमियाको संयोजन र विश्वप्रकाशको अवधारणा बमोजिम नै ‘मेची अभियान’को टोली एक सातापछि करोडौं रुपैयाँको चामल, दाल, टेण्ट लगायतका सामग्रीसहित भूकम्पबाट अति प्रभावित धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र रसुवामा ८ ट्रक राहत सामग्रीसहित पुग्यो।

    विधि–विधान परिपालक 

    विश्वप्रकाश शर्मा स्कूल इकाई सभापतिदेखि केन्द्रीय सभापतिको जिम्मेवारीसम्म पुग्ने सायदै एक्ला व्यक्ति हुन्। उनी सभापति भएपछि भनेको कार्यकाल अवधिभन्दा कम पनि गरेनन्। न त, बढी नै शासन गरे।

    नेवि संघको सभापतिमा वि.सं. २०५७ सालमा निर्वाचित भएका विश्वप्रकाशले घोषणा गरे, ‘म दुई वर्ष अर्थात् ३६५ र अर्को ३६५ दिनका लागि सभापति भएको हुँ, म त्यति नै दिन यो पदमा बस्छु।’ नभन्दै उनले दुई वटा ३६५ दिन पुग्नुभन्दा एक साताअगाडि नेवि संघको महाधिवेशन गरेर नयाँ कार्यसमिति बनाए।

    नयाँ सभापतिलाई जिम्मेवारी सुम्पिए। नयाँ सभापति ल्याउने प्रकिया पूरा गरे। सम्भवतः अहिलेसम्ममा कार्यकाल पूरा हुनुअघि नै महाधिवेशन गराउने नेवि संघको पहिलो सभापति विश्वप्रकाश नै हुन्। 

    विश्वप्रकाश बहुआयामिक राजनीतिज्ञ हुन्। उनी गीतसंगीतको रचना पनि गर्छन्। विश्वप्रकाशको सम्बोधनमा जुन श्रृतिमधुरता पाइन्छ, उनी उत्तिकै जादुमयी गीतसंगीत सिर्जना गर्छन्।

    नागरिककै हितमा क्रियाशील

    विश्वप्रकाश शर्मा राजनीतिज्ञ मात्रै होइनन्, उनी सामाजिक अभियन्ता पनि हुन्। उनले नेपालमा पटक नौलो प्रयोग गरे, झापाको मेचीनगरमा।

    विश्वप्रकाशको अवधारणामा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव नेपाली चिकित्सा सेवाका लागि पृथक प्रयोगको अनुपम उदाहरण थियो। जहाँ २७ वटा अस्पतालका २ सयभन्दा धेरै डाक्टरहरुलाई एकै ठाँउमा भेला गराइयो। दलगत रुपमा नभई, पार्टीको झण्डा नफहराई स्वतन्त्र रुपमा महोत्सवको आयोजना गरिएको थियो। जसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। महोत्सवमा झण्डै २४ हजार सर्वसाधारणको उपचार गरिएको थियो। 

    विभिन्न स्वास्थ्य समस्याका विषयमा अन्तरक्रिया पनि गरियो। ‘लागूपदार्थको दुव्र्यसनीमुक्त क्षेत्र कसरी निर्माण गर्न सकिन्छ’ भन्ने विषयमा पनि छलफल गरिएको थियो।

    स्वास्थ्य जीवनका लागि स्वस्थ तरकारी, स्वस्थ समाजका लागि स्वस्थ राजनीति’, स्वस्थ समाजका लागि स्वस्थ साहित्य लगायतका थुप्रै विषयहरुमा विज्ञहरुसँग छलफल गरिएको थियो। ‘स्वास्थ जीवनका लागि स्वस्थ तरकारी’का बारेमा छलफल गर्दा कृषिमा आधुनिक प्रणालीको विषयमा समेत छलफल गरिएको थियो।

    सांगीतिक र साहित्यिकप्रतिको चेतना

    विश्वप्रकाश बहुआयामिक राजनीतिज्ञ हुन्। उनी गीतसंगीतको रचना पनि गर्छन्। विश्वप्रकाशको सम्बोधनमा जुन श्रृतिमधुरता पाइन्छ, उनी उत्तिकै जादुमयी गीतसंगीत सिर्जना गर्छन्।

    विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन्। नेपालमा आयोजना हुने जेसीजका कार्यक्रममा बजाइने जेसीजको शीर्ष गीतको शब्द र संगीत विश्वप्रकाशकै हो। 

    मुलुकका मुख्य अखबारहरुमा नियमित स्तम्भ लेख्ने विश्वप्रकाशका कथा, कविता र निबन्ध संग्रह प्रकाशोन्मुख छन्। 

    उद्यमशील अभियन्ता

    ‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ यो विश्वप्रकाशको अभियान नै हो। उनी राजनीतिक सम्बोधन र प्रशिक्षणमा पनि उद्यमशीलताको विकासका लागि नयाँ–नयाँ अवधारणा प्रस्तुत गरिरहेका हुन्छन्।

    ‘नेपाली राजनीतिक आन्दोलनमा लामो समय खर्चिएकाहरु पनि भ्रष्टाचारको अभियोगमा जेल बसेका दृष्टान्तहरु छन्,’ विश्वप्रकाशले शुभदिनसँग भने, ‘त्यस किसिमका प्रवृतिप्रति म सचेत छु, पछि राजनीतिबाट बिदा लिँँदै गर्दा शीर झुकाउनु नपरोस् भनेर नै राजनीतिक दलका हरेक नेता–कार्यकर्तालाई उद्यमशील बनाउनु पर्छ भन्ने मेरो अवधारणा हो।’

    शर्माले अगाडि भनेका थिए, ‘र, जित्नेले चाहिँ प्रतिपक्षलाई साथमा लिएर जिम्मेवारी पूरा गर्नेछन्।’  उनले अर्को निर्वाचनमा नेवि संघलाई जित्ने स्थितिमा पुर्याइदिए। र, पहिलो पटक मेची क्याम्पसमा नेवि संघले स्ववियुमा जीतको जग बसाल्यो। विश्वप्रकाश शर्माको त्यो संस्कार आजपर्यन्त जीवित छ। 

    परम्परा बदल्ने प्रयास

    वि.सं. २०४५ मा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको मतपरिणामले राजनीतिक तरङ्ग पैदा गरेको थियो। त्यहाँ प्रचलन अनुसार चुनावमा अखिल विजयी हुने नेपाल विद्यार्थी संघ हार्ने र नेवि संघको कित्ताबाट विजयी खेमामाथि आक्रमण हुने गर्थ्यो।

    त्यसपछि क्याम्पस बन्द हुने र एक महिना जति अशान्त क्षेत्र भएर मेची क्याम्पस बल्लतल्ल खुल्ने ‘परम्परा’ नै थियो। त्यो चित्रलाई बदल्दै वि.सं. २०४५ सालको वैशाख १२ गतेको निर्वाचन परिणाम आएकै दिन नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्माले घोषणा गरे, ‘हामी विजयी भएको अनेरास्ववियुको टिमलाई एक साता पछाडि बधाई ज्ञापन समारोह राख्ने छौं। र, यहाँको हलमा समारोह गरी बधाई ज्ञापन गर्ने छौं।’

    त्यो वर्ष स्ववियु चुनावपछि पहिलेजस्तो जीतहारको कुनै भिडन्त भएन। किनभने क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्मा थिए। उनले अगाडि नै ‘जित्नु–हार्नु लोकतान्त्रिक अभ्यास हो’ भनिसकेको थिए। शर्माको उद्घोष थियो, ‘हामी पञ्चायती व्यवस्था ढालेर त्यस्तो लोकतान्त्रिक व्यवस्था ल्याउन चाहान्छौं कि जहाँ जित्नेले हार्नेको हातबाट माला लगाउन पाउँछन्। र, हार्नेले सहयोगी भूमिका निभाउँछन्।’

    शर्माले अगाडि भनेका थिए, ‘र, जित्नेले चाहिँ प्रतिपक्षलाई साथमा लिएर जिम्मेवारी पूरा गर्नेछन्।’  उनले अर्को निर्वाचनमा नेवि संघलाई जित्ने स्थितिमा पुर्याइदिए। र, पहिलो पटक मेची क्याम्पसमा नेवि संघले स्ववियुमा जीतको जग बसाल्यो। विश्वप्रकाश शर्माको त्यो संस्कार आजपर्यन्त जीवित छ। 

    सुसंस्कारका पक्षमा

    राजनीतिक जीवनमा विश्वप्रकाशले सधैं जितेका छैनन्। उनी पराजित पनि हुन्छन्। तर, लोकतन्त्रलाई जीवित राख्न उनी फेरि मुसुक्क हाँस्दै उठ्छन्। र, अघि बढ्छन्। लामो राजनीतिक जीवन तय गर्नुछ उनलाई। त्यसैले विश्वप्रकाशको मुहारमा कहिल्यै पनि थकान, क्रोध र घमण्ड देखिँदैन। 

    वि.सं. २०६८ सालमा विश्वप्रकाश झापा कांग्रेसको सभापतिमा पराजित तुल्याइए। विजयी उद्धव थापालाई त्यसैगरी माला पहिर्याए, शुभकामना दिए। उनै विश्वप्रकाश फेरि पराजित भए झापा क्षेत्र नम्बर–१ मा संविधानसभाको दोस्रो निर्वाचनमा। त्यति नै बेला विपक्षी उम्मेद्वार रविन कोइरालालाई फोन गरे।

    मतगणनास्थलमै बोलाए, अंकमाल गरे र माला लगाउँदै बधाई दिए। फेरि, २०७४ सालको निर्वाचनमा पनि त्यति दृश्य दोहोरियो।

    मानवीय सेवामा सधैँ तल्लिन

    झापा जिल्लाको गौरादह एमाले अध्यक्ष केपी ओलीले विगतमा पटक–पटक चुनाव जितेको ठाउँ मध्येको एक हो। त्यही गौरादहमा राम र लक्ष्मण नाम गरेका दुई युवा बस्थे। संयोगवशः एकदिन विश्वप्रकाशले जब राम र लक्ष्मणलाई भेटे, उनले नेपाली कांग्रेसका स्थानीय नेता पुण्य सिग्देललाई सहयोगका लागि आग्रह गरे।

    विश्वप्रकाशको आग्रहमा सिग्देलले राम र लक्ष्मणका लागि ८ धुर जग्गा दिने भए। सोही जमीनमा उभिएर विश्वप्रकाशले कांग्रेस गाउँँ सभापति हेमन्त कार्कीलाई ३ हजार रुपैयाँ दिँदै भने, ‘व्यापारीसँग नमाग्नु, स्थानीय नेता–कार्यकर्ता मिलेर एक लाख रुपैयाँ बराबरको घर बनाई दिनुपर्छ।’ यो एउटा प्रतिनिधि सन्दर्भ मात्रै हो। विश्वप्रकाशले यस्ता कयौं उदाहरणीय कामको अगुवाई गरेका छन्।

    जिल्लामै बसेर विकासमका कार्यमा

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको पहलमा झापाको बाहुनडाँगीमा स्थानीयको लगानीमा सिद्धिखोला जलविद्युत आयोजनाको प्रारुप तयार भयो। निर्माणको काम पनि शुरू भइसकेको छ।

    दोश्रो, नेपालका प्रायः सबै राजनीतिज्ञ राजधानीमै बस्छन्। नेपाल सरकारका पूर्वमन्त्री, पूर्वसचिव आदिको बसाई राजधानीमै केन्द्रित हुने गर्छ। गाउँबाट काठमाडौं आएर बस्न सजिलो हुन्छ।

    तर, विश्वप्रकाश विगत एक दशकदेखि काठमाडौं छोडेर झापामै गएर बसेका छन्। त्यहीनेर भिँडेका छन्, त्यही बसेका छन्। हारे होलान् त्यही। अनि, जित्न चाहिँरहेका छन् त्यही। सेवा गरिरहेका छन् त्यहि, र, मर्न चाहिँरहेका छन् त्यही। 

    युवाका लागि आशा

    विश्वप्रकाश निडर र स्पष्ट वक्ताका रुपमा चिनिएका नेता हुन्। उनी पार्टीभित्र भएका गलत निर्णय र गलत कदमलाई खुलेरै विरोध गर्छन्।

    संविधान निर्माणपछि बनेको सरकारका लागि सुशील कोइरालाले उम्मेद्वारी दिएपछि विश्वप्रकाशले सार्वजनिक रुपमै विरोध जनाएका थिए। ‘अब संविधान लेख्न महत्वपूर्ण भूमिकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो हो,’ उनले भनेका थिए, ‘उहाँ (सुशील कोइराला)ले उम्मेदवार दिने होइन, बाटो खुल्ला गर्नुपर्छ।’

    जतिबेला भारतीय नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त थियो, नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेन। तर, विश्वप्रकाशले नाकाबन्दीको सशक्त ढंगले विरोध गरे। 

    त्यस्तै, मधेशमा चलेको आन्दोलनका दौरान विश्वप्रकाश ९ सदस्यीय टोली लिएर मधेशका आठ वटै जिल्लामा पुगे, जिल्लास्तरीय भेला गराए। विपी कोइराला र पुष्पलाल श्रेष्ठका शालिक भत्काइएका ठाउँहरुमा शालिक बनाउन लगाए। र, जलाइएका पार्टी कार्यालयहरुको पुनर्निर्माणमा जुट्न आग्रह गरे। 

    विश्वप्रकाश शर्मा देवताका रुपमा आफ्ना आमाबुवालाई मान्छन्। आमा स्व. साावित्री शर्मा र बुवा स्व. परशुराम शर्माको सम्झनामा ध्यान केन्द्र स्थापनाका लागि दाजुभाइ राज्यप्रकाश र विश्वप्रकाशले ८० लाख रुपैयाँ बराबरको ५ कठ्ठा जग्गा प्रदान गरेका छन्। 

    त्यसैगरी, यो साल वर्षा शुरु हुनासाथ तराई–मधेशमा भीषण बाढी आयो। उद्दार र राहतका लागि विश्वप्रकाशको टिमले सक्रिय भूमिका निभाएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…