• काठमाडौं । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् ।

    दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो । ३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो । तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए ।

    ‘लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएपछि जिल्लास्तरका साथीहरू आ–आफ्नो बाटो लाग्ने क्रम सुरु भएको छ,’ चौधरीले भने, ‘यसले जुन अपेक्षाका साथ लोकतान्त्रिक फोरम र कांग्रेसबीच पार्टी एकीकरण भएको थियो, त्यो अपेक्षा पूरा नहुने सम्भावना बढेको छ ।’,यो खबर आजकोनयाँ पत्रिकामा छ । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…