• भीमराज अधिकारी

    पथरी । पछिल्लो समय छोरा सरह छोरीले पनि जन्मदिने बाबु आमाको काजकिरिया गर्न थालेका छन् । पुरातन सोच बिचार भएकाहरुले भने छोराले नै गर्नुपर्दछ भन्ने मान्यता राख्ने गरेका छन् । यस्तो परम्परालाई तोड्दै मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ हसन्दहकी नेहा केसी पनि आफूलाई जन्मदिने बाबुको काज किरियामा बसेकी छन् ।
    बुबा हरि केसीको चैत २८ गते दुर्घटनामा परी मृत्यु भएपछि २४ वर्षीया नेहा आफ्नै जन्म दिने पिताको किरिया बसेकी छन् । छोरीले काजकिरिया गर्दा राम्रो नहुने भनाई पनि रहेको पाइन्छ तर नेहा भने जन्मदिने बाबुको काजकिरिया गर्न पाउँदा आफूले सौभाग्य ठानेको बताउँछिन् । 
    सडक दुर्घटनामा परि मृत्यू भएपछी बाबुको अन्त्येष्ठी गर्न विदेशमा रहेका एक मात्र छोरालाई दुई दिनसम्म पर्खिए, तर भाइको विदा नमिलेपछि नेहा आफैले  ‘बाबुको किरिया गर्न भाइ जति नै अधिकार मेरो पनि छ, त्यसैले म आफैं कोरामा बस्छु भन्दै बाबुलाई आफैँले दागबत्ती दिइन र सेतो वस्त्र पहिरिएर कोरामा बसेकी छन् ।
    छोराछोरी समान हुन् भन्ने सन्देश दिन छोराले गर्ने जस्तै सम्पूर्ण कर्म गरेर हिन्दु संस्कार अनुसार १३ दिनसम्म किरिया बस्ने उनले बताएकी छन् । यो कार्यले छोरा छोरीमाथि हुने विभेदको अन्त्य गर्न सघाउ पुर्याउने उनको भनाइ छ । 

    सुकुना बहुमुखी क्याम्पसबाट स्नातक तह सम्मको अध्ययन पुरा गरेकी नेहा हसन्दहमा निकै सामाजिक कार्यमा सक्रिय रहेकी छन् । विद्यालय उमेर देखि नै सुनौलो विहानी यूवा क्लव र सरसफाइ समन्वय समिति मार्फत सामाजिक कार्यको थालनी गरेकी नेहा सामाजिक अभियान्ता समेत हुन् । 
    हाल स्थानीय एक निजी विद्यालयमा अध्यापन गराइरहेकी नेहा घरकी जेठी छोरी । उनका एक बहिनी र एक भाइ रहेका छन् । बाबुको किरियामा बसेकी उनी छोरीले किरिया बस्दा नराम्रोे भन्ने भनाईलाई पुरातनवादी र पितृसतात्मक सोचको उपज भएको बताउँछिन् । छोरा र छोरीबीच हुदै आएको लैङ्गिक विभेद अन्त्य हुनुपर्ने उनको भनाई छ । उनि किरिया बारेर छोरा सरह बस्दा कर्मकाण्ड गर्ने ब्राह्मणले पनि आपत्ति जनाएका छैनन् । 
    पछिल्लो समय हिन्दु संस्कारमा पनि यस प्रकारको परिवर्तनले समाजको सुधारात्मक पाटोको चित्रण गरेको स्थानिय समाजसेवी एवं शिक्षक जनक  खड्काको  बताउनुहुन्छ । यस प्रकारको सुधारलाई हामीले सकारात्मक रुपमा लिनुपर्ने शिक्षक  खड्काको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…