• काठमाडौं । वैदेशिक रोजगारीका लागि मकाउमा रहेकी गीता मगर शेर्पा  आफुलाई समाजसेवामा समर्पित गरेकी नेपाली चेली हुन् । पुख्र्याैली घर उर्लाबारी—९ छिन्ताङ्गेटोल  भएकी गीता त्यही जन्मिन, हुर्किईन र अध्ययन गरिन् । गीता यस्ती यस्ती महिला हुन्, जो अरुको दुख देख्न सक्दिनन् । त्यसैले त आफुलाई उनले समाजसेवामा तल्लिन राखेकी छिन् । आफ्नो चिनारी अझै बढाउँदैछिन् । 
    जागिर र घरायसी काममा  मात्रै सिमित नराखेर गीता दिन दुखी र आपत विपत अप्ठारामा परेका बिरामीहरुको सेवाको लागि अहोरात्र खटिरहेकी छिन् । 

    ‘अरुले दुख पाएको आपत विपतमा परेको , आर्थिक अभावले उपचारमा समस्या भएको समाचारहरु देख्दा निक्कै दुख लाग्छ, अनि सहयोग गर्न पाउँदा खुशी,गीताले भनिन्‘ सेवा नै धर्म हो भन्ने उदेश्यले सहयोगको अभियानमा लागिरहेको छु । ’ 
    गीताले उर्लाबारी—९ छिन्ताङ्गे टोलमा बाढिबाट बिस्तापित भएका ५ घर परिवारलाई साथभाई र आफ्नो तर्फबाट सहयोग गरिन् । दशैंको बेला थियो,जग्गा जमिन मात्र हैनघरको सबै अन्न वाली बगाएको थियो । प्रत्येक परिवारलाई नगद ५ हजारका दरले सहयोग गरिन् । गीताले छतबाट छरेर जिवन मरणको दोसाधमा रहेका उर्लाबारी—६ निवासी देवेन्द्र तामाङको उपचारको लागि  संकलन गरेर ९० हजार सहयोग गरिन् । सबैले आस मारिसकेको देवेन्द्रले अहिले नयाँ जिवन नै पाएका छन् । उनलाई अन्यत्रबाट पनि थुप्रै सहयोग जुट्यो । 
    ‘आफ्ना वालबच्चा सानो बिराम हुँदा त धेरै छटपट्टी र पीडा हुन्छ, झन ठुला समस्या अनि त्यसमा झन आर्थिक अभाव हुँदा कति पीडा हुँदो हो, गीता भन्छिन्, सबैमा सहयोगी भावना हुने हो भने हामी कोहि नेपाली समस्याको समाधान गर्न सक्ने थियौ । 

    गीताले आफ्नो समाजसेवाको यात्रामा साथीभाई शुभेच्छुकहरुको हात रहेको बताउछिन् । भन्छिन्‘ उहाँहरु बिना म एक्लैले सहयोग जुटाउन सहयोग गर्न सम्भव छैन् । 
    सानैदेखी आफुमा सहयोगी मन भएको बताउदैं गीता भन्छिन्,‘पहिले पनि सहयोग गर्न मन थियो तर सकिरहेको थिईन, अहिले आफ्नो मेहेनतको केहि हिस्सा गाउँको समस्यामा मल्हम पट्टी लगाउने प्रयासमा छुट्टीयाएको छु । 
    आफुलाई सामाजिक काममा श्रीमान भीम शेर्पाको ठुलो साथ सहयोग र हौषला रहेको गीताले सुनाईन् । मेरो काम प्रति खुशी हुनुहुन्छ, गीताले भनिन्,‘ सकुन्जेल सहयोग गरि रहनेछु । ’ 
    गीतको सहयोग अभियान यतिमै सिमित छैन् । गत माघ ३ गते सडक दुर्घटनामा परी शिवसताक्षीकी ४४ वर्षीया गोमा गौतम उपचारमा अगुवाई गर्दै एक लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेकी थिईन,आफु र आफ्नो साथीभाईबाट । 


    यस्तै उर्लाबारी—९ खोपिँडाडाकी क्यान्सर पीडित पार्वता लिम्बूको उपचारका लागि ८० हजार ८ सय ८८ रुपैंया संकलन गरेर पठाईन् । गीताले विदेशमा पनि अलपत्र परेकाहरुलाई पनि काम खोजेर सहयोग गरेकी थिईन् । यसअघि पनि उनले थुप्रै ठाउँमा सहयोग गरिसकेकी छिन् । गीताकै नेतृत्वमा महाविर पुनको अभियानलाई एक लाख ११ हजार १ सय ११ रुपैंया सहयोग भएको थियो । 
    गाउँको घाऊमा मल्हम लगाउने प्रयत्न निरन्तर गरिरहेकी गीताले भर्खर मात्र हिमालयन नेपाल एयरको आयोजनामा भएको बेस्ट कप्पल प्रतियोगिताको उपाधि जितिन् । उनले उक्त प्रतियोगितामा पाएको नगद ३० हजार पनि सामाजिक काममा खर्च गर्ने निधो गरेकी छिन् । उनले उक्त रकम बाल मन्दिर आधारभुत विद्यालय फुङलिङ ताप्लेजुङका सूस्त श्रवण तथा बहिरा अपाङ्ग विशेष शिक्षाका लागि सहयोग गर्दैछिन् । 
    समाजिक काम गर्न पाउँदा खुशी लाग्ने बताउदैं गीताले आउँदो दिनमा पनि सामाजिक काम गरिरहने बताईन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…