• देबु बानियाँ
    दाङ । समाजको एउटा युवा, साथी संगतको लैहीलैहमा लागेर लागु औषध दुव्यर्सनीमा फसेको छ । उसका लागि परिवारले सबथोक पुरा गरिदिएका छन् । हरेक रहर र आवश्यताहरुलाई अभिभावकले कहिलै कमि हुन दिएनन् । दैनिक कलेज पढ्दै गरेको छोराले आवश्यकता भन्दा धेरै पैसाको माग गर्छ परिवारमा । उसका साथीहरु पनि एकै प्रकृतिका । सबै दुव्र्यसनीमा फसिसकेका । लागु औषध खाने पैसा नभएपछि उनीहरुले अनेकन उपायहरु निकाल्छन् । परिवारमाथि नै आक्रमण गर्ने, अन्य साथीहरुसँग पैसाका लागि झुटो प्रेम गर्ने आदी, इत्यादी । त्यो युवा लागु औषध दुव्र्यसनीकै कारण बुबाको कुटाइबाट मृत्यु हुन्छ । 
    दाङ जिल्लाको घोराही नगरपालिकास्थित दामोदर चोकमा मंगलवार बिहान देखिएको एउट दृष्य हो यो । यो दृष्य नेपाली समाजको एउटा उदाहरण मात्र हो ।  
    त्रिभवननगर जेसीजले जेसीज सप्ताहको चौथो दिन आयोजना गरेको लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामूलक नाटकमा कलाकारले पछिल्लो पुस्ताका युवाहरु कसरी लागु औषधमा फसेका छन् भन्ने कुरालाई देखाउन खोजिएको थियो । 
    समाजमा रहेका युवाहरुलाई लागु औषधमा फस्नबाट जोगाउनका लागि चेतनामूलक नाटक प्रस्तुत गरिएको त्रिभूवन नगर जेसीजका अध्यक्ष लालमणि भण्डारीले बताए । 
    दाङ लेडी जेसीजकी अध्यक्ष डोमा पाण्डेले समाजमा रहेका युवाहरुलाई दुव्र्यसनीबाट टाढा राख्नका लागि सचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको बताइन् । उनले पछिल्लो समय समाजमा रहेका धेरै युवाहरुले लागु औषधका कारण आफ्नो भविष्य नै अन्धकारमा पार्दै गएकाले उनीहरुलाई सचेत गराउनु पर्ने बताइन् । ‘हाम्रो अभियानले निमूल नै त पार्न सक्दैन’ अध्यक्ष पाण्डेले भनिन्–‘सामाजिक रुपमा रहेको यो समस्यालाई केही हदसम्म कम गराउन मद्धत पुग्छ ।’ गोपीकृष्ण सुवेदीले समाज परिवर्तनका लागि जेसीजले गरेको यो अभियानलाई धन्यवाद दिए । उनले नाटकका माध्यबाट दुव्र्यसनीका विषयलाई थप उजागर गरेकाले यसको समाधानका लागि सबैले जिम्मेवारी हुनु पर्ने बताए । 
     ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले अभिभावकले आफ्ना छोराछोरीको निगरानी राख्न सकिएन र स्वतन्त्त छोडियो भने पनि लागु औषधमा फस्ने गरेको बताए । त्यसका लागि अभिभावकले आफ्ना नानीहरुका हरेक गतिविधिसँग नजिक रहेर काम गर्न सुझाव दिए । 
    कार्यक्रम संयोजक श्यामकुमार गिरीले नाटकका माध्यबाट समाजमा भएको समास्यालाई उजागर गरिएको र आगामी दिनमा समेत यस्तै प्रकृतिका कार्यक्रम गर्दै जाने बताए । जसले समाजमा भएका कुरितिहरुको अन्त्य होस् । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…