• देबु बानियाँ
    बिर्तामोड ।  वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले आज मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्  ।
    आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पु¥याएको भन्दै बिर्तामोड–२ चारपाने निवासी ४८ बर्षीय गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदक, नगद तथा सम्मान–पत्र प्रदान गरिएको थियो । सहारा नेपाल तथा सहारा नेपाल साकोसमार्फत पछाडि परेको वर्गको उत्थान र सशक्तीकरणका साथै आर्थिक समृद्धिमा गिरीको अगुवाईमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै झापाका सामाजिक संस्थाले उनलाई सम्मान प्रदान गरेका थिए । 
    सहारासहित झापा गोल्डकपको संस्थागत विकास, समर्पण राष्ट्रिय अभियान लगायतका राष्ट्रिय महत्वका कार्यको परिकल्पनाकार गिरीलाई मानिन्छ । सहारामार्फत अहिले एक लाख ३० हजार सदस्य संगठित छन् भने गरीब सात अर्बको आर्थिक कारोबार गर्न सफल भएको छ । सहारा अहिले देशकै ठूलो र उत्कृष्ट संस्थाको रुपमा गनिएको छ । 
    प्रमुख अतिथि राजनीतिज्ञ एवम् सञ्चारविद् रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै उत्कृष्ट नागरिक सम्मान समारोह २०७४का संयोजक प्रमेश हलुवाई (राजकर्णिकार)ले स्वर्णपदक र माला तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले नेपाली ढाकाटोपी उत्कृष्ट नागरिक गिरीलाई पहि¥याएका थिए । छनौट समितिको तर्फबाट सदस्य रहेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले २०७४को उत्कृष्ट नागरिकको रुपमा गिरीको नाम घोषणा गरेका थिए ।
    समारोहका संयोजक हलुवाइको अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजसहित एक सय २५ वटा संस्थाका प्रतिनिधिले उत्कृष्ट नागरिक गिरीलाई मायाको चिनो तथा खादा पहि¥याएर सम्मान गरेका थिए । ती संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मान–पत्र हस्तान्तरण गरिएको थियो । 
    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मिश्रले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मिश्र, विशिष्ठ अतिथि झापा क्षेत्र नं. २बाट प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, उत्कृष्ट नागरिक गिरीले मन्तव्य राखेका थिए । उत्कृष्ट नागरिक सम्मानको औचित्यमाथि वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेतले प्रकाश पारेका थिए भने स्वागत वीरता जेसीजका अध्यक्ष गिरीले गरेका थिए ।  संयोजक हलुवाईको अध्यक्षतामा भएको समारोहमा प्रथम महिला अनिता हलुवाईको समेत उपस्थिति थियो । पूर्वअध्यक्ष सजेश शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा आस्थावाचन वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालले गरेकी थिइन् भने जेसीआई मिसन र भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस बर्षको प्रकरण वाचन वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले गरेका थिए । 
    कार्यक्रम सकिए लगत्तै स्कटिङसहित उत्कृष्ट नागरिक गिरी, प्रथम महिला ज्योति गिरी र उनका छोरी कृतिमा गिरीलाई नगर परिक्रमासहित चारपानेस्थित निवास पु¥याइएको थियो । मूल सम्मानपत्रको वाचन पूर्वअध्यक्ष शेखर ढकालले गरेका थिए भने ऐक्यबद्धतासहितको झापाका संस्थाको सामुहिक सम्मान–पत्र जेसीज पूर्वअध्यक्ष समाज झापाका सचिव रमेश पोखरेलले वाचन गरेका थिए । 
    कार्यक्रमका वक्ता तथा सहभागीले समारोह भव्य, उत्कृष्ट भएको चर्चा गर्दै नौलो कार्यक्रमको अनुभूति भएको बताएका छन् । वीरता जेसीज, पूर्वअध्यक्षहरुले ०५२ सालबाट हरेक बर्ष एक विधामा जिल्लाका एक उत्कृष्ट व्यक्तिको छनौट गरी उत्कृष्ट नागरिक सम्मान प्रदान गर्दै आएको पूर्वअध्यक्ष राजकुमार पोखरेलको भनाइ छ । वीरता जेसीजले अगुवाई गरे पनि कार्यक्रमलाई झापाका सबै जेसीज तथा अन्य सामाजिक संस्थाको साझा कार्यक्रमको रुपमा स्थापित गरिएको वीरता जेसीजका पूर्वअध्यक्ष बिनोद बस्नेत बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…