• धनुषा – १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।

    सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ ।

    धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा छ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो पाकिस्तानी कामदारको हत्या ।

    उमेशका भाइ दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी सउदीको जेलमा छ महिना राखे ।

    छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा उनी छन् ।

    चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरी सकेको अवस्था छ ।

    सजाय सुनाइएका उमेशका कमलेश यादव र हितेष यादव गरी दुई छोरा छन् । दुवै छोरालाई लिएर उनका श्रीमती मन्जुदेवी यादव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउनुहुन्छ ।

    वृद्ध बुबाआमा भन्नुहुन्छ, “ जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ, उ एउटै कुरा भन्छ म घर आउँछु आमा, मेरा छोरा कता छन् रु यति भन्दैमा फोन काटिन्छ । सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको । ”

    साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको सुनिएको छ तर समयमै काम हुनसके उमेशलाई सुनाइएको सजाय आम माफी हुने बताइएको छ ।

    हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने संभावना छ । नेपालबाट सरकारी पहल हुनसके उमेश फर्केर आउने परिवारको आस छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…