• काठमाडौं - बहुप्रतिक्षित मोतिहारी–रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ ।

    मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलन्यास गरे ।

    गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

    जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।

    आयोजना सम्पन्न गर्न छाेटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे । 

    नेपाल अायल निगमकाे सिमारास्थित पेट्राेलियम पाइपलाइन अायाेजना कार्यालयका अायाेजनाविज्ञ शरदकुमार पाैडेलले पाइपलाइन  विस्तार कार्य अागामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेकाे जानकारी दिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…