• काठमाडौं, ५ वैशाख ।
    नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशनमा तीन संगठनले सिन्डिकेट कायम गरेर पदीय भागवण्डा गरेपछि अन्य पत्रकारजन्य संगठनहरुले त्यसको विरोध गरेका छन् ।
    नेकपा एमाले निकट प्रेस चौतारी, नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले विभिन्न ७ प्रदेशसहित एक उपत्यका र एक एसोसिएट (गैरभौगोलिक) प्रदेशमा भागबण्डा गरी पद विभानज गरेलगत्तै अन्य संगठनहरुले विरोध गरेका हुन् ।
    सङ्घीय पत्रकार फोरम, मधेसी पत्रकार समाज, क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सिन्डिकेटको विरोध गरेका हुन् । जारी विज्ञप्तिमा श्रमजीवि पत्रकारहरुको हकहित र नागरिक स्वतन्त्रताको रक्षक नेपाल पत्रकार महासंघले प्रदेश निर्वाचनमा आफूलाई साझा संस्थाका रूपमा स्थापित गर्न नसकेको आरोप लगाइएको छ ।
    प्रदेश निर्वाचनका नाउँमा सिन्डिकेट लाद्ने प्रयास भइरहेको र महासंघको नेतृत्वले त्यसलाई मान्यता दिन खोजेको आरोप लगाउँदै सात वटा संगठनले हाल महासंघले थालेको प्रदेश निर्वाचन प्रक्रियामा जाँदा ५० प्रतिशत भन्दा बढी पत्रकारहरुले नेतृत्व चयनमा सहभागी हुन नपाउने जिकिर गरिएको छ । विभिन्न बहानामा पत्रकारहरुको मताधिकार खोस्ने प्रयत्न गरिएको भन्दै ती संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
    सात वटा संगठनहरुले तत्काल प्रदेश निर्वाचन प्रक्रिया रोकेर छलफलका लागि कार्य अघि बढाउन समेत पत्रकार महासंघलाई आग्रह गरेका छन् । हाल उत्पन्न बिवादलाई समाधान गन२४ घण्टाभित्र पहल थाल्न आग्रह गर्दै ती संगठनहरुले महासंघको कार्यालयमा तालाबन्दी गर्नेलगायत विभिन्न आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । आफ्ना मागहरु सुनुवाई नभए कानुनी उपचारको खोजीमा लाग्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।
    यसअघि चौतारी, युनियन र सेन्टरले विभिन्न प्रदेशहरुमा नेतृत्वसहित विभिन्न पदहरुमा भागबण्डा गरी सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटेको भनी विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…