• पत्रकार सम्मेलनमा पीडितका आफन्तहरु

    दमक,५ बैशाख /  मोरङ मिक्लाजुङ गाउँँपालिका –७ की शान्तिकुमारी तामाङको हत्या भएको डेढ महिना वितिसक्दा समेत हत्याराको पत्ता नलागेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।
    गत फागुन १९ गते मधुमल्ला वजार उत्तरी क्षेत्रको सिसौली जंगलमा ४४ बर्षीया शान्तिकुमारीको ढुङ्गाले कुच्याएर र्निवस्त्र फालिएको अवस्था शव फेला पारिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको आशंका पीडित परिवारले दावी गरिआएका छन् ।
    घटना भएको डेढ महिना बित्दा सम्म प्रहरीले हत्याराको बिषयमा यथार्थ सार्वजनिक नगरेको भन्दै पत्रकार सम्मेलन गरि पीडित पक्षले गुनासो गरेका हुन् ।
    आज दमकमा मृतक तामाङका माइती पक्षले पत्रकार पक्षले सम्मेलन गर्दै तत्काल घटनाबारे सार्वजनिक गर्न प्रहरी प्रशासन समक्ष माग गरेका छन् । मृतकका दाजु भविराज राईले हत्या भएको डेढ महिना वितेपनि अपराधी पत्ता लाग्न नसक्दा पीडितले न्याय पाउन चुनौती देखिदै गएको बताए । उनले भने,–‘ घटना भएको यतिका दिन भयो, प्रहरीको भूमिका माथि हामीले आशंका गर्न थालेका छौ ।’ मधुमल्ला क्षेत्रमा पहिलो पटक भएको यस्तो निर्मम हत्याका अपराधी सार्वजनिक नभएको कारण त्यस क्षेत्रमा डर, त्रास फैलिएको उनको भनाई थियो ।
    पत्रकार सम्मेलनमा मृतककी भदैनी रेनुका राईले अपराधी पक्राउ नगरे आफूहरु आन्दोलनमा समेत जाने चेतावनी दिईन् । उनले पीडकलाई पत्ता लगाएर हदैसम्मको सजाय नदिएसम्म पीडित पक्ष चुप लागेर नबस्ने बताइन् ।
    पीडितका आफन्त तथा छिमेकीहरुले हत्याका विषयमा अहिलेसम्म धेरै व्यक्तिहरु पक्राउ गर्दै छाडेकाले आफुहरु आर्थिक रुपमा कम्जोर भएकै कारण हत्याको निष्पक्ष छानबिनमा आशंका उत्पन्न भएको बताएका थिए । छिमेकी नगेन्द्रकुमार लामिछाने मगर, याम मगर,चन्द्र राईलगायतले जसरी भए पछि हत्यारालाई कठ्घरामा उभ्याउन प्रशासनसंग माग गरेका थिए ।
    प्रहरीले भने घटनामा संलग्न अपराधीहरु पहिचान नजिक पुगेकाले कानुनी कारवाही गरेरै छाड्ने बताउदैआएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…