देबु बानिया
भद्रपुर । झापा ११ र कर्ण लिम्बूलाई पर्याय माने पनि हुन्छ । कर्णको अभावमा झापा ११ खुट्टा बिनाको शरीर झै हुन्छ । झापा ११ का फरवार्ड कर्ण निक्कै चर्चित खेलाडीको नाम हो । फुटबल फ्यानहरुका लागि उनी धेरै रुचाएका खेलाडीमा पर्छन् । मैदान छिरेपछि यिनले अधिकांश म्याचमा ह्याट्रिक गरेकै हुन्छन् । हरेक खेलको निर्णायक नै बन्ने गरेका छन् कर्ण ।
२०५७ सालदेखि कर्णलाई फुटवलको नसा लागेको थियो । सानैदेखि फुटबल भनेपछि मरिहत्ते गर्ने उनले ठूलो भएर पनि फुटबल खेलाडी नै बन्छु भन्ने धोको थियो । जसलाई पुरा गर्न उनले थुप्रै मेहनत र संघर्ष गर्नु परेको थियो ।
२०४३ साल जेठ ११ गते चन्द्रगढीमा बुबा श्रीप्रसाद लिम्बू र फुलमाया लिम्बुका छोराका रुपमा जन्मिएका कर्णले स्थानीय पुवा“तु जनज्योति माविबाट एसएलसी उतीर्ण गरेका थिए । स्कुलमा अध्ययन गर्दा पनि उनी अत्यन्तै राम्रो फुटबल खेलाडीका रुपमा रहेका थिए ।
लामो समय राजधानीका ए डिभिजन क्लवहरुवाट खेलेका अनुभवी कर्ण गएको ४ वर्षयता आफ्नै जिल्लाको टीम झापा ११ बाट खेल्दै छन् । हरि खड्का, सुरेन्द्र तामाङ, नरेन्द्रमणि लिम्वुहरुको हौसलावाट फुटवल रोजेका कर्णका लागि प्रेरणाका स्रोत भने पूर्व खेलाडी गम्भिर राई हुन् । जसलाई उनले कहिलै भुल्न सक्दैनन् । गम्भिर राईले नै उनलाई हरेक समय खेल्नका लागि हौषला दिएको बताउ“छन् । ‘गम्भिर दाई नभइदिएको भए सायद आज यो स्थान पनि हुने थिएन होला’ कर्ण भन्छन्–जसले हरेक समय साथ र हौषला दिनु भएको छ । मेरो खेलमा साथ दिनु भएको छ ।’
विगत १५ वर्ष देखि फुटवलमै रमाइरहेका कर्णले फुटवलवाटै घर परिवार चलाएका छन् । ‘राम्रो खेल्न सक्दा फुटवलमा नाम र दाम दुवै छ’, कर्णको अनुभव छ ।
हुन पनि किन नहोस र । उनले खेलेका हरेक खेलको बेष्ट प्लेयर बन्छन् उनी । त्यो नभए हाइ स्कोरको उपाधी प्राय अरुको हातमा पर्न पाउ“दैन । बेष्ट प्लेयरबाटै उनले ३ वटा मोटरसाइकल प्राप्त गरिसकेको छन् । हाइ स्कोर, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्टाइकरका लाखौ“ पुरस्कार पाएका छन् उनले । उनको घरको कोठामा ट्रफी, मेडर र प्रमाण पत्रले भरिएको छ ।
मुनाल क्लब चन्द्रगढीका उत्पादन कर्ण २०६१ सालवाट राष्ट्रिय क्लवमा फुटवल खेल्न शुरु गरे । पहिलो ब्रेक मच्छिन्द्र क्लवले दियो । मच्छिन्द्रवाट ‘वी’ डिभिजन खेले । मासिक ५ हजार तलव लिएर । मच्छिन्द्रपछि युनाइटेड क्लववाट पनि ‘वी’ डिभिजन खेले । उनको जीवनमा सबै भन्दा खुसीको क्षण नै मछिन्द्रमा खेल्दा रहेको छ । जहा राष्ट्रिय रेडबुल प्रतियोगितामा ५ खेलमा ५ वटै जित्न सफल भएको थियो । जसमा महत्पवपूर्ण भूमिका कर्णको रहयो । पछि मछिन्द्रले अन्य खेलाडीहरुलाई पनि क्लबमा अनुबन्धन गर्यो तर, कर्णलाई बोलाएन । त्यसपछि ६२ सालमा युनाइटेड क्लवमा जोइन्ड भए । ६३ सालमा एनआरटी गए । ६५ सालमा मच्छिन्द्रले पुनः बोलाउन वाध्य भयो । मच्छिन्द्रवाट कर्णले लिग अवधिभर ८ गोल गर्दै राम्रो प्रसंसा पाए । ६६ र ६७ सालमा जावलाखेलमा गए । ७० सालमा क्याप्टेनशीप गरे । लिगका सर्वाधिक ११ गोल गरेर वाइक पनि पाए ।
कर्ण सन् २०१४ मा नेसनल टीममा अटाएका थिए । २५ मार्च २०१४ मा कतारको दोहामा करिव १५ मिनेट खेलेका यिनको अन्र्तराष्ट्रिय अनुभव त्यही हो । उनले २०१७ सम्म राष्ट्रिय टिमको जर्सी लगाएर खेले । तर, अहिले भने झापा ११ मै रहेर खेल खलिरहेका छन् उनले ।
१४ नम्बर जर्सीमा मैदानमा देखिने कर्णको खेलप्रति सबैको आशा र भरोसा हुन्छ । विशाल राई र योगेश गुरुङ उनको खेलमा साथ मिल्छ । यी ३ जनाको जोडी झापाली खेलका लागि लोभलाग्दो देखिन्छ ।
सालिन, भद्र र अनुशासित खेलाडीको पहिचान नै कर्णको सफलताको पाटो हो । उनी हारमा हतोसाहित हुन जान्दैनन् । अन्तिम समयसम्म पनि उनी उत्तिकै रफतारमा खेलीरहेका हुन्छन् । जसले गर्दा कति खेल त हारको नजिक पुग्दा पनि नतिजा उल्टिएको अवस्था छ ।
उनले खेल्ने हरेक खेलमा सफलता पाउछन् तर झापा गोल्डकपमा भने कर्ण चुकिरहेका छन् । ३ वर्षदेखि भएको झापा गोल्डकपमा भने कर्णलाई जितले साथ दिन सकेको छैन । उनका लागि सबै भन्दा दुःखदायी क्षण पनि यहि प्रतियोगितामा हार बेहोुर्न हो । साथै राष्ट्रिय लिगमा पराजय हुनु पनि उनको दुःख समय हो । तर, पनि उनी हरेस खानु नहुने सुझाव दिन्छन् ।
फुटबल करियरमा उनलाई हरदम साथ दिने फुटबल फ्यानहरुलाई कहिलै फुल्न नसक्ने बताउछन् कर्ण । जसले हरेक समय खेल हेरेर हौषला दिनु भएको छ । २ छोरी र श्रीमती बालकुमारीको अभिभावक उनी फुटबललाई नै आफ्नो जीवनको अन्तिम लक्ष्य रहने बताए ।
कर्णको खेल कौशलवारे लामो समयदेखि जानकार प्रशिक्षक भगिरथ आले मामा भन्छन्,‘ कर्ण उत्कृष्ट फुटवलर हुन्, झापाको सान भने पनि हुन्छ कर्णलाई । सालिन व्यवहार र सबै साथीहरुलाई समान व्यवहार गर्ने बानी भएका कर्ण हाम्रो सम्पति हुन् ।’
एन्फका पूर्व केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले कर्णलाई राष्ट्रिय टिममा पार्न नसक्नु सबै फुटबलप्रेमीका लागि दुर्भाग्य भएको बताए । ‘उनी राम्रो मात्र होइन उत्कृष्ट खेलाडी हुन’ नेम्बाङले भने–‘राष्ट्रिय लिगमा सर्वाधिक गोल गरे । हरेक खेलको निर्णाणक खेलाडीका रुपमा रहन्छन । तर, पनि राष्ट्रिय टिममा रहन सकेनन् । यो अति दुःखदायी अवस्था हो । एन्फाले राम्रो खेलाडीलाई छनोट गर्न नसक्नुको पीडा कर्णलाई परेको छ ।’