• स्वागत पुन मगर,
    रियाद/अप्रील-१९

    रोजगारीको सिलशिलामा साउदी अरब पुगेका राेल्पा नगर पालिका १० साविक धवाङ ५ पेवा बस्ने ३० बर्षिय दिल बहादुर घर्ती परिवारको न्यून अबस्थाको कारण रोजगारीको शिलशिलामा २०७२/१०/१८अर्थात ३ बर्ष पहिले डिस्टनी ओभरसिज प्रा०लि सामाखुसी बाट एक लाख पैतिस हजार तिरेर वैदेशिक रोजगारि को लागि साउदी पुगेका थिए ।

    साउदि अरबको रियाद स्थित एक कम्पनी (Majid Al Diabahi Contraction & Est.Riyad) कम्पनीमा नेपालबाट स्काभेटर चालकमा गए पनि त्यहा कम्पनीले मालबाहक ट्रक चालक थम्याइ दिए पछि उनि चलाउन बाध्य भए ।
    रियादको दोआद्मी भन्ने ठाउमा कार्यरत रहदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिक ( Oteeq bin Dgafa dk Doghaleed) संग गाडी ठोक्किएर निज साउदी नागरिकको ज्यान ज्यान गए पछी
    उनी मिति २०७३/जेठ /३० गते जेल चलान भएका थिए ।

    साउदिको उच्च अदालतले दिल बहादुर को पक्षमा ७५% गलती देखाई उनलाई २,२५००० रियल मृतक परिवारलाई क्षतिपुर्ती दिनु पर्ने फैसलाको निर्णय प्रती दिलबहादुरको पक्षमा नेपाली दूतावासले अदालतमा पुनराबेदन गरेको थियो ।पीडित परिवारलाई मिनाहाको लागि पटक पटक आग्रह गर्दा पनि उनिहरु निर्णय प्रती नरम नबन्दा अदालतले पुन पहिला कै केशलाई सदर गरि फैसला गरेको हुदा निज दिल बहादुर लाई छुट्याउन श्रीमती मनिका घर्ती र सबै परिवारले आफन्त लगायत देश बिदेशमा रहने सबै नेपाली संग सहयोगको लागि आग्रह गरेका छन।

    बुबा रामबहादुर घर्ती अामा बिमाकुमारी घर्तीको छोरा दिलबहादुर घर्तीको रिहाईको लागि आफ्नो श्रीमती मनिका बुढा अहिले साउदी २,२५,००० रियल करिब ६,२७७,५०० झन्डै ६३ लाख नेपाली रुपैया
    जुटाउन दौडधुपमा छिन । एक साल अघि नै उनी रकम संकलनमा लागेको बेला साउदी स्थित नेपाली दूतावासले अदालतको फैसला पर्खिनु पर्ने जानकारी दिए पछि उनी रोकिएकी थिइन ।

    दूतावासले विभिन्न कुटनैतिक तरिकाले पहल गर्दा पनि पीडित पक्ष नरम नभए पछि अन्ततः साउदी उच्च अदालतले सोहि फैसला सुनाएको हो ।दिल बहादुरको श्रीमती मनिका बुढा
    अहिले ८ बर्षको छाेरी नमुना घर्ती र ४ बर्षिय छाेरा सायन्स घर्ती लाई घरमै छोडेर रोल्पाबाट काठमाडौ आएकी छिन ।

    सहयोगको याचना गर्दै उनले आफ्नो फोन मम्बर- र बैंक खाता नं समेत सार्बजनिक गरेकी छिन ।भने सहयोग गर्न चाहाने सघ सस्था र ब्यक्तिहरुले निम्न लिखित तपसिल बमोजिमको सम्पर्क नम्बर र खाता नम्बरमा रकम जम्मा गर्न सकिने छ।

    नेपाल राष्ट्रिय बाणिज्य बैंकमा खोलिएको सामुहिक
    खाता नं
    ११९००२६७४६१०
    ब्याक्तिगत खाता नं : ११९००२६६१८१०
    नाम : मनिका बुढा मो नं : ९८४४९६९५४९ 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…