• देबु बानियाँ 
    काठमाडौँ । जेसीजको संस्थागत विकासको विषयमा छलफल हुने प्रेसिडेन्ट मिट ८ गतेबाट देशका ४ वटै एरियामा एउटै समयमा सुरु हुँदैछ । 
    २०१५ देखि सुरु गरिएको प्रेसिडेन्ट मिट पहिलो पल्ट एकै समयमा हुन लागेको हो । नेपाल जेसीजको आयोजना तथा जेसीसले निर्धारण गरको सम्बन्धित होष्ट शाखाको आथित्यतामा हुने उक्त प्रसिडेन्ट मिटमा देशभरका  १ सय ४४ वटा शाखा सहभागि हुँदैछन् । 
    फरक समयमा हुने यस भन्दा अघिका पे्रसिडेन्ट मिटमा सबै एरियामा राष्ट्रिय अध्यक्षलगायत सबै बोर्ड मेम्बर पुग्ने गरेका थिए । जसले उदेश्य प्राप्ति भन्दा पनि भोटिङ लबिङ हुने गरेको थियो । जसका कारण प्रेसिडेन्ट मिटलाई नै प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरेको थियो । जसलाई परिमार्जित गर्नु पर्छ भनेर यो वर्षदेखि एउटै समयमा आयोजना गरिएको हो । 
    वर्ष २०१७ मा पनि एकै समयमा आयोजना गर्ने तयार गरिए पनि विभिन्न चरणमा भएका निर्वाचन कारण प्रभावित भएको थियो । ‘यो अत्यन्तै राम्रो कामको सुरुवात भएको छ’ नेपाल जेसीज वर्ष २०१७ का अध्यक्ष तथा हालका आइपीपी प्रकाशप्रसाद अधिकारीले भन्नु भयो–‘यसले एकातिर सबै बोर्डका साथीहरुलाई कामको जिम्मेवारी बाँडफाँड हुन्छ भने अर्काेतिर पहिलोको जस्तो लबिङ सिस्टम हराउँछ । सबै बोर्ड मेम्बरहरु आ आफ्नो एरियामा इङ्गेज हुन्छन् र प्रेसिडेन्ट मिटको पनि सार्थकता हुन्छ ।’ अधिकारीले आफ्नो कार्यकालमा निर्वाचनकै कारण एकै समयमा आयोजना गर्न नसकेको समेत स्वीकार गर्नु भयो । 
    नेपाल जेसीजले सबै कार्यकारी उपाध्यक्ष र उपाध्यक्षहरुको जिम्मेवारीलाई बोध गराउँदै आ आफ्नो एरियामा कामको जिम्मेवारी दिएको हो । जसले आफ्नो एरियालाई सफल बनाउनका लागि लाग्नेछन् ।
    राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल भने सबै एरियामा हुने प्रेसिडेन्ट मिटको प्रत्यक्ष जानकारीसहित नवलपरासीमा रहनु हुनेछ ।   
     एरिया कन्फ्रेन्सको पूर्व सन्ध्यामा गरिने प्रेसिडेन्ट मिटका लागि एरिया ‘ए’ को उदयपुर जेसीज गाइघाट, एरिया ‘बि’ को लेखनाथ जेसीज कास्की, एरिया ‘सि’ को थानकोट जेसीज काठमाडौँ र एरिया ‘डि’ को टिकापुर जेसीज कैलालीमा हुने राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो । आथित्यता रहेका सबै होष्ट शाखाहरुले तयारी अन्तिम अवस्थामा पुर्याएको बताएका छन् । 
    उक्त प्रेसिडेन्ट मिटमा वर्तमान अवस्थामा शाखामा भएको गतिविधिको रिपोटिङ, जेसीजका आगामी रणनीतिक योजनाको निर्माण, जेसीआई नेपालको अपडेट, जेसीआई नेपाल एरिया कन्फ्रेन्सको बारेमा अपडेट
    शाखाको सदस्यता व्यवस्थापन चुनौती, अध्यक्षले सदस्यहरुलाई कसरी उत्प्रेरित गर्नेलगायतका विषयमा घनिभूत छलफल गरिने राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीले बताउनु भयो । 
    एरिया अन्र्तगत रहने राष्ट्रिय कार्यकारी उपाध्यक्ष र उपाध्यक्षले सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्नेछन् । 
    एरिया ‘ए’ को निरुपित कार्यकारी उपाध्यक्षमा विकास मानन्धर, एरिया ‘बि’ मा रश्मि शिल्पकार, एरिया ‘सि’ मा पदमविक्रम सिंह र एरिया ‘डि’ मा अशोक शंकर रहेका छन् । यसैगरी, एरिया ‘ए’ का निरुपित उपाध्यक्षहरुमा अमिस ढकाल, रश्मि निरौला र सुर्मिता शर्मा रहेका छन् । एरिया ‘बि’ को निरुपित  उपाध्यक्षमा श्याम सुन्दर पौडेल, जनकराज घिमिरे र राजेन्द्र घिमिरे छन् । एरिया ‘सि’ को निरुपित उपाध्यक्षमा टेक राज रेग्मी, रविन पोखरेल र गोविन्दप्रसाद देवकोटा रहेका छन् । एरिया ‘डि’ को निरुपित उपाध्यक्षमा विजय गुरुङ,  विजय घिमिरे र रञ्जना चापागाई खर्वुजा रहेका छन् । 
    प्रेसिडेन्ट मिटमा सहभागि हुन सबै शाखा अध्यक्षहरु शुक्रवार आ आफ्नो एरियामा हुने कार्यक्रम स्थल पुग्ने कार्यक्रम रहेको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…