• देबु बानियाँ
    झापा ।  दशौं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी मावि मेचीनगरले हात पारेको छ ।
     बिहिबार समापन भएको ३ दिने प्रतियोगितामा ११ पदक प्राप्त गर्दै धुलाबारी मावि उपाधि चुम्न सफल भएको हो ।
    निरन्तर च्याम्पियन बन्दै आएको धुलावारीले अघिल्लो वर्ष मात्र दोस्रो भएको थियो । यो जीतसँगै धुलावारीले अघिल्लो वर्षको हारको पीडालाई कम गरेको छ । खेलकुदको क्षेत्रमा जिल्लामा मात्र नभएर केन्द्रमै ख्याती कमाएको यस माविले थुप्रै पटक यो प्रतियोगिताको उपाधी उचालेको छ । 
    प्रतियोगितामा च्याम्पियन बनेको धुलाबारी माविले नगद ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उसले ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक हात पार्दै प्रतियोगितामा प्रथम बनेको हो । 
    प्रतियोगितामा ४ स्वर्ण र २ कास्य पदक गरी ६ पदक हात पार्दै ब्लु हेभन अङ्ग्रजी स्कूल अर्जुनधारा द्धितीय बन्यो भने ३ स्वर्ण ५ रजत र १ कास्य गरी ९ पदकका साथ जनता मावि अर्जुनधाराले तेस्रो स्थान हाँसिल गरेको छ ।
    उनीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राम कार्की, प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाका एसपी रमेश सुवेदी, प्याव्सन प्रदेश नम्बर १ का अध्यक्ष नारायण घिमिरे, झापाका अध्यक्ष कोषराज प्याकुरेल, सचिव गौरीमान फागो, एथ्लेटिक्स संघका केन्द्रिय सदस्य कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवँ समारोहका सभापति शंकर थापालगायतले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गर्दै शुभकामना दिएका थिए ।
    निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिताबाट छनोट भई जिल्लास्तरीय छनोट प्रतियोगितामा समावेश भएका भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसु र तेक्वान्दो खेलमा प्रथम स्थान हाँसिल गर्ने खेलाडी एवँ टिमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…