• भीमराज अधिकारी 
    पथरी, मोरङ

    सामाजिक सुरक्षा भत्ता लिन अहिले सबैले सास्ती भोग्नु परिरहेको छ । स्थानिय तह ले सामाजिक सुरक्षा भत्ता बैँकिङ सेवा मार्फत वितरण गर्ने निणर्य गरेसंगै यो समस्या भएको हो । पहिले पहिले गाविसमा आएर थोरै भएपनि नगद पैशा नै समाएर जाने गरेका जेष्ठ नागरिक तथा भत्ता प्राप्त गर्ने मानिसले यतिबेला सास्ती बेहोर्नु परेको दुखेसो गर्न थालेका छन् ।

    पथरीशनिश्चरेको वडा नं. ५ यस नगरको सबैभन्दा तल्लो छेउको भू–भागमा पर्दछ । साविकको हसन्दह गाविस रहेको थियो । हाल स्थानिय तह कार्यान्वयन संगै सबै काम नगरपालिकाको निर्णय अनुसार हुने भएकाले पनि केही समस्या भएको स्थानियको गुनासो छ । पछिल्लो पटक आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि पथरी स्थीत विभिन्न बैँकहरुले जिम्मेवारी पाएका छन् । वडा नं. ५ को भने पथरीमा शाखा रहेको एन आइ सी एसिया बैँकले पाएको छ तर पहिलो पटक भएका कारण बैक पनि अल्मलमा परेको छ ।

    ५ नं. वडामा जम्मा ४४८ जनाले सामाजिक सु्रक्षा भत्ता बुझ्ने गरेका छन् । आजका लागि भनेर वडाले सबैलाई वडामा १ बजेका लागि बोलायो तर सेवाग्राही भने १० बजे देखि नै आइसकेका थिए । बैँकका २ जना कर्मचारी बल्ल तल्ल २ बजे वडा कार्यालय पुगेका थिए । भिड अत्यन्तै ठुलो भएका कारण धेरैले गुनासो गर्दै रित्तै हात घर फर्किएका छन् । करिब ३ किमी टाडाबाट आएकी ९१ वर्षिय हरीप्रिया घिमिरे रित्तै फर्किएकी छन् । अब घरमै ल्याइदिनुपर्ने उनको माग छ । ७० वर्षीय तारादेवी सुवेदीको पनि गुनासो छ । बैँक टाडा भयो यही दिएको भए राम्रो हुने थियो । अर्का ७६ वर्षिय हर्कबहादुर कोइराला पनि असन्तुष्ट छन् । बैँक आउन जान झनजट हुन्छ समय धेरै खर्चिलो हुन्छ यही दिएको भए राम्रो हुने उनको भनाइ छ ।

    यता नगरपालिकाले ढिलो पैसा जम्मा गरिदिएकाले पनि समस्या भएको वडा सदस्य चेतन खड्काले बताए । आज चेकबुक पनि कमि छ बैँकको कम्जोरीले गर्दा समस्या भएको खड्को भनाइ छ ।

    बैँकले सबैलाई एकैपटक सेवा दिन सक्ने बताएपछि सबै सेवाग्राहीलाई खबर गरेकाले समस्या भएको वडा अध्यक्ष जोग बहादुर धिमालले बताएका छन् । असक्तलाई भने घरमै पु¥याउने वातावरण मिलाइएको धिमालको भनाइ छ । तर यो पहिलो पटक भएकाले चेकबुक लिनका लागि मात्रै समस्या भएको तर पछि सहज हुने पनि धिमालले बताएका छन् ।  

    यता एन आइ सि एसिया बैँक पथरी शाखाका प्रबन्धक बिजय विष्टले भने पहिलो पटक भएकाले सबैकुराको तालमेल मिल्न नसकेको बताएका छन् । विष्टका अनुसार अन्य बैँक भन्दा फरक तरिकाले झन वडामा नै गएर सेवा दिन खोजिएको तर व्यवस्थापनमा केही कम्जोरी भएका कारण सामान्य समस्या भएको हो । अबका दिनमा आवश्यक कर्मचारी खटाएर समस्या आउनै नदिने उनको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…