• ईटहरी । सुनसरीको ईटहरीस्थित पुर्वलाईनमा रहेको टयाङग्रा पुल जहाँ पुगेपछि एकपटक सबै सवारीधनीहरुले आ–आफनो भगवान सम्झिन बाध्य हुन्छन । करिब १० सेकेण्डमा पार गरिने पुल पार गर्न सवारीधनीहरुलाई ३ मिनेटदेखि १० मिनेट सम्म जाममा बसेर धुलोमा पुरिनु पर्ने बाध्यता रहेको छ ।

    जिर्ण अबस्थाको पुल, ठुला सवारी साधनदेखि रिक्सा सम्म र पैदलयात्री समेत त्यहि साँघुरो पुल भएर आवातजावत गर्नुपर्छ । धुलोमा पुरिएर आँखा चिम्लिएर सो पुल पार गर्नुपर्ने बाध्यता रहेको छ । बैकल्पिक भरपर्दो बाटो समेत नहुँदा दैनिक हजारौ सवारीसाधन र लाखौ मानिसहरु सो पुलमा भगवान भरोसाको अबस्थामा आवातजावत गरिरहेका छन ।

    पुल पार गर्न कम्तिमा पनि पाँच मिनेट पखिएपछि बल्ल पालो आउँछ, त्यसपछि धुलोका कारण आँखा चिम्लिएर सवारी हाक्नुपर्ने बाध्यता रहेको छ भने एकैचोटी सवारी चलाउँदा सवारी साधन ठोक्किने,चोटपटक लाग्ने र ठुला दुर्घटनाको भय समेत उत्तिकै रहेको छ ।

    ईटहरी पुर्बमा बुढीखेला,पश्चिममा खेतीखोला,उत्तरमा पुर्बी पृतना र दक्षिणमा खनार नपुगुञ्जेल दैनिक रुपमा मानिसहरुले यहि नियति भोग्नुपरेको छ । एकातर्फ ६ लेन सडक निर्माणका क्रममा बाटो साँधुरिएको छ भने अर्कोतर्फ भत्किएको सडक मर्मत र ट्राफिक ब्यबस्थापन चुस्त नहुँदा जनताले सास्ती बेहोर्नुपरेको छ ।

    क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय र सडक डिभिजन कार्यलय ईटहरी मै छ तरपनि ब्यबस्थापनको काम भने सन्तोषजनक छैन भने सडक मर्मतको काममा समेत उदासिनता उत्तिकै छ । पुलमा मात्र होईन ईटहरी भरि नै सडकमा खाल्डाखुल्डी उत्तिकै देखिन्छ । ईटहरी चौकमा समेत सडक जाम हुने अबस्था रहेको छ । यति हुँदाहुँदै पनि सडकमा ट्राफिक ब्यबस्थापन कमजोर देखिएको ईटहरीबासी गुनासो गर्छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…