• देबु बानियाँ 
    उदयपुर । जेसीजको संस्थागत विकासको विषयमा छलफल हुने प्रेसिडेन्ट मिट शनिवारबाट देशका ४ वटै एरियामा एउटै समयमा सुरु भएको छ । सबै शाखामा बिहान ९ बजेबाट औपचारिक रुपमा कार्यक्रम सुरु भएको छ । 
    २०१५ देखि सुरु गरिएको प्रेसिडेन्ट मिट पहिलो पल्ट एकै समयमा भएकोे हो । नेपाल जेसीजको आयोजना तथा जेसीसले निर्धारण गरको सम्बन्धित होष्ट शाखाको आथित्यतामा भएको उक्त प्रसिडेन्ट मिटमा देशभरका  १ सय ४४ वटा शाखा सहभागि छन् । 

    एरिया ‘ए’ को उदयपुर जेसीज गाइघाट, एरिया ‘बि’ को लेखनाथ जेसीज कास्की, एरिया ‘सि’ को थानकोट जेसीज काठमाडौँ र एरिया ‘डि’ को टिकापुर जेसीज कैलालीमा सुरु भएको हो ।   
    उक्त प्रेसिडेन्ट मिटमा वर्तमान अवस्थामा शाखामा भएको गतिविधिको रिपोटिङ, जेसीजका आगामी रणनीतिक योजनाको निर्माण, जेसीआई नेपालको अपडेट, जेसीआई नेपाल एरिया कन्फ्रेन्सको बारेमा अपडेट
    शाखाको सदस्यता व्यवस्थापन चुनौती, अध्यक्षले सदस्यहरुलाई कसरी उत्प्रेरित गर्नेलगायतका विषयमा घनिभूत छलफल गरिने छ  । 
     एरिया ‘ए’ को निरुपित कार्यकारी उपाध्यक्षमा विकास मानन्धर, एरिया ‘बि’ मा रश्मि शिल्पकार, एरिया ‘सि’ मा पदमविक्रम सिंह र एरिया ‘डि’ मा अशोक शंकर रहेका छन् । यसैगरी, एरिया ‘ए’ का निरुपित उपाध्यक्षहरुमा अमिस ढकाल, रश्मि निरौला र सुर्मिता शर्मा रहेका छन् । एरिया ‘बि’ को निरुपित  उपाध्यक्षमा श्याम सुन्दर पौडेल, जनकराज घिमिरे र राजेन्द्र घिमिरे छन् । एरिया ‘सि’ को निरुपित उपाध्यक्षमा टेक राज रेग्मी, रविन पोखरेल र गोविन्दप्रसाद देवकोटा रहेका छन् । एरिया ‘डि’ को निरुपित उपाध्यक्षमा विजय गुरुङ,  विजय घिमिरे र रञ्जना चापागाई खर्वुजा रहेका छन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…