• विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख सई ललन यादवले विराटनगर–१८ बुधनगरका स्थानीयमाथि ज्यादती गरेको आरोप लागेको छ । बुधनगरका स्थानीयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका हुन् । कुनै कारण बेगर प्रहरीले कुटपिट गर्ने र पैसा माग्ने गरेको उनीहरुको दुःखेसो छ ।

    सामान्य जग्गा विवाद हुँदा विराटनगर–१८ का रामप्रसाद ऋषिदेवको परिवारलाई नियन्त्रणमा लिएर कुटपीटि गरी प्रहरीले तीन घण्टा पछि छाडेको उनीहरूको भनाइ छ । ‘नयाँ वर्ष मनाएको भोलिपल्ट प्रहरीले मलाई निर्घात कुटपिट गरे,’ पीडित रामप्रसादले भने, ‘सामान्य जग्गा विवाद हुँदा प्रहरीले परिवारका सबैलाई कुटपिट ग¥यो ।’ उनका अनुसार छोरा अनिल, दिपक, ज्वाइँ सतिया ऋषिदेव र श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए ।

    कुटपिटपछि नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक मुद्दा लगाउँछु भन्दै डर देखाएर पैसा मागेको उनीले बताए । इलाका प्रहरी कार्यालय बुधनगरका सई यादवसँगै, सोही इलाकाका प्रहरी जवान दिनेश यादवले पनि ऋषिदेव परिवारलाई कुटपिट गरेको उनीहरुको भनाइ छ ।
    यादवले स्थानीय पंकज यादव मार्फत घटना मिलाउन र होली पर्वमा मनाउन ऋषिदेव परीवगारसँग पैसा माग गर्ने गरेको स्थानीयको गुनासो छ ।

    वैशाख २ गते स्थानीय छोटु बंगालीसँग भएको जग्गा साँध विवाद बढ्दै गएपछि प्रहरी कार्यालय बुधनगरका सही यादवसहितको प्रहरी टोलीले ऋषिदेव परिवारलाई नियन्त्रणमा लिएको थियो ।

    पंकजले रामप्रसादका छोरा अनिललाई फोन गर्दै ३० हजार माग गरेका थिए । पंकजलाई गरेको फोनको रेर्कड सुनाउँदै अनिलले होलीमा पनि सइ यादवले ३० हजार रुपैयाँ माग गरेको गुनासो गरे ।

    केही समय अगाडिदेखि विदामा बसेका इलाका प्रहरी कार्यालय बुधनगरका सई ललन यादवले कोहीसँग पर्व र घटना मिलाउन पैसा नमागेको बताउँदै आफूलाई बद्नाम गराउने प्रयास भएको दाबी गरे । ‘को पंकज यादव म कसैलाई चिन्दिन, अहिलेसम्म कसैलाई पनि पैसा मागेको छैन,’ उनले भने । उनले ऋषिदेव परिवारलाई समेत कुनै कुटपिट नगरेको बताए । ‘वैशाख २ गते उनीहरूको जग्गाको विषयमा विवाद भएको थियो,’ सई यादवले भने, ‘घटनाले ठूला रुप लिएपछि हामीले नियन्त्रणमा लिएका हौं । बरु ऋषिदेव परिवारले नै प्रहरीलाई हातपात गरेका थिए ।’

    यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको विषयमा बुझ्न प्रहरी परिचालन गरेको बताए । उनले भने, ‘घटनमा प्रहरी दोषि देखिए कारबाही गर्छौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…