देबु बानियाँ
काठमाडौँ । नेपाल जेसीजको आयोजनामा देशका ४ वटा एरियामा भइहेको एरिया प्रेसिडेन्ट मिटमा जेसीजका विभिन्न एजेण्डाहरुमा छलफल तथा बहस भइरहेको छ ।
जस अन्तरगत एरिया ‘ए’ को उदयपुर जेसीज गाइघाट, एरिया ‘बि’ को लेखनाथ जेसीज कास्की, एरिया ‘सि’ को थानकोट जेसीज काठमाडौँ र एरिया ‘डि’ को टिकापुर जेसीज कैलालीमा भइरहेको छ ।
आ आफ्नो एरियामा भएका प्रसिडेन्ट मिटमा सहभागि हुन विभिन्न शाखाका अध्यक्षहरु कार्यक्रम थल पुगेका छन् ।
प्रेसिडेन्ट मिटमा वर्तमान अवस्थामा शाखामा भएको गतिविधिको रिपोटिङ, जेसीजका आगामी रणनीतिक योजनाको निर्माण, जेसीआई नेपालको अपडेट, जेसीआई नेपाल एरिया कन्फ्रेन्सको बारेमा अपडेट, शाखाको सदस्यता व्यवस्थापन चुनौती, अध्यक्षले सदस्यहरुलाई कसरी उत्प्रेरित गर्नेलगायतका विषयमा घनिभूत छलफल भइरहेको छ । साथै नेपाल जेसीजको ४५ औँ महाधिवेशनको विषयमा पनि छलफल भएको छ ।
प्रेसिडेन्ट मिट आजै साँझ सम्पन्न हुने राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।
नेपाल जेसीजको इतिहासमा पहिलो पटक एकै समयमा भएको यो प्रेसिडेन्ट मिट अर्को कारणले पनि महत्वपूर्ण रहेको छ । जुन भेला देशभरका सबै शाखामा बिहान ९ बजे एक समयमा चार वटै स्थानमा भएको हो ।