उर्लाबारी । सन्सारी पुजाको लागि बर्षेनी घर घरमा गएररकम संकलन गर्नुपर्ने समस्याबाट उर्लाबारी ९ खोँपिडाँडाका स्थानीय मुक्त भएका छन्। स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले अक्षयकोषका लागि नगद २५ हजार सहयोग गरेपछि स्थानीय मुक्त भएका हुन्। स्थानीयले २५ हजार संकलन गरेका छन् ।त्यसमा श्रेष्ठले २५ हजार थप सहयोग गरेपछि ५० हजारको अक्षयकोष बनायने भएको छ ।
सुन्दरले पुजामा उक्त रकम सििमतीलाई हस्तान्तरण गरेका थिए । घर घरमा बर्षेनी सहयोग संकलन गर्नुपर्ने,कोहिँले दिने कोहिले नदिने कोहि घरमै नभेटिने थुप्रै समस्या थियो,अब मुक्त भयौं,स्थानिय राजेश बरालले भने‘ सुन्दर श्रेष्ठको सहयोगबाट संसारी पुजालाई धेरै सहयोग मिल्यो।
श्रेष्ठले आफ्नो परापूर्व कालदेखि पूर्खाहरुले गरि ल्याएको संसारीमा पुजामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । श्रेष्ठले भने‘ आमामि दिनमा पनि परेको खण्डमा सहयोग गर्नेछु । श्रेष्ठलाई गाउँबाशीले फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।
यसैविच संसारी पुजा भब्य मनाइएको छ । रोगब्याधि नलागोस बालिनाली सप्रिउन पानी परुन भने संसारी पुजा गरिदैं आएको स्थानीयले बताएका छन् । स्थानीयले पाठी कुखुरा काटेरप्रसाद वितरण गरेका थिए ।