• काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलि विहान ११ बजेबाट सुरु हुँदैछ ।

    उक्त बैठकले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा गम्भिर समिक्षा गर्नुको साथसाथै रिक्त रहेका पदाधिकारीहरुको समेत मनोनित गर्ने आन्तरिक तयारी भइरहेको छ ।

    सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्ने तयारी समेत अघि बढाईसकेका छन् । शभापति देउवाले चाडै नै पदाधिकारी मनोनयनको प्रस्ताव पेश गर्नेछन् ।

    यदि केही दिन ढिलाई भएपनि उनले पदाधिकारी मनोनित गर्ने तयारी अन्तिम चरणमा पुर्याएइको स्रोतको दाबी छ ।

    देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने तयारी थालेका छन् । अर्का नेता गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिपनि उपसभापतिका दाबेदार हुन् । निधिले भारतिय दुतावासको दबाव समेत दिएकाले देउवा समेत सकसमा परेकाछन् ।

    तर, सभापति देउवाले निधिलाई पत्याउने सम्भावना धेरै कम छ । निधिभन्दा गच्छदार नै आफूप्रति जिम्मेवार भएको पाएकाले देउवाले उक्त निर्णय गराउन बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शसांक कोइरालाको पनि साथ र सहयोग पाईसके एक नेताले बताए ।

    पौडेललेपनि गच्छदारलाई नै उपसभापति बनाउनुपर्ने अडान लिएका छन् । त्यसैले पनि गच्छदार उपसभापतिका बलिया उमेदवार हुन् ।

    उपसभापतिका लागि प्रभावशाली नेता खुमबहादुर खड्काको दावेदार रहदैँ आएकोमा खड्काको गत चैत्र १६ गते स्वर्गारोहण भएपछि उक्त पदमा अन्य नेताहरुको रस्साकस्सी बढेको हो । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…