८ वैशाख २०७५, पथरी
मोरङको पथरीशनिश्चरे १ रत्नचोकमा रहेको रेडियो सिम्रीकले आज देखि ७ दिने रेडियो उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु गरेको छ । तालिमलाई सिम्रीक आर जे हन्ट नाम दिइएको छ ।
आज एक औपचारिक कार्यक्रम गरि तालिमको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगर प्रमुख दिलिप कुमार राई रहनुभएको थियो । उहाले कार्यक्रममा शुभकामना राख्दै नगरले धेरै कुराहरु गर्न नसकेको भएता पनि केही महत्वपूर्ण कार्ययोजना बनाएर काम गरिरहेकाले यस क्षेत्रमा संचारकर्मी तथा संचार माध्यमले खेल्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भूपू शैनिक आवासिय माविका प्रिन्सीपल उपेन्द्र कँडेल, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राई र एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौँका प्रमुख सिरोमणि दवाडी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
हन्टको मुख्य प्रायोजकमा रेडस्टार आवासिय मावि, सहप्रयोजकमा भूपू शैनिक आवासिय मावि, बाल्मीकी आवासिय मावि तथा अन्नपूर्ण आवासिय मावि लगाएत रहेका छन् भने सहयोगी संस्थाका रुपमा मेरो टिभी रहेको छ ।
६ दिनको प्रशिक्षण पश्चात १५ गते फाइनल प्रतिस्पर्दा गरिने छ । ७ दिने प्रशिक्षण पश्चात सहभागिहरु मध्येबाट प्रतिष्पर्दा गराइ विभिन्न ५ वटा विधामा उत्कृष्ट आवाज, उत्कृष्ट कार्यक्रम प्रस्तोता, उत्कृष्ट कार्यक्रम उत्पादक, उत्कृष्ट समाचार बाचक र उत्कृष्ट मञ्चिय उद्घोषकका रुपमा पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमिर राइले जानकारी दिनुभयो ।
सहभागी मध्येबाट १ जनाले भने सिम्रीक आर जे हन्ट २०१८को उपाधि सहित नगद १० हजार र अन्य पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्टले नगद ५ हजार सहित अन्य पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । तालिमको मुख्य प्रशिक्षकका रुपमा एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौँका प्रमुख सिरोमणि दवाडी रहनुभएको छ ।