• ९ वैशाख २०७५, पथरी

    मोरङको पथरीशनिश्चरे ५ हसन्दहमा दलित उत्थान वर्ग समितिले नगरमै उदाहरणीय कार्य गरेको छ । नगरबाट दलित उत्थान वर्गका लागि भनेर बिनियोजन भएको ५० हजार रकमबाट १९ वटा बाख्राका पाठीहरु खरिद गरेर वितरण गरिएको छ । वडामा रहेका दलित समुदायका मानिसहरु मध्येबाट अतिविपन्न परिवारको छनोट गरी पाठी वितरण गरिएको हो । अघिल्ला वर्षहरुमा पनि गाविसबाट बजेट आउने तर ठोस काम कुनैपनि नभइरहेको अवस्था थियो । हाल नया समिति बनेपछि अध्यक्ष सुमन विश्वकर्माले सबैलाई फाइदा हुने खाल्को कामको सुरुवात गरेका हुन् ।
    यस पटक वितरण गरिएको पाठीबाट बच्चा जन्मिएपछी समितिलाई बोका भएका त्यसको आधा र पाठी भएमा सिङ्गो पाठी नै पहिलो पटक बुझाउनु पर्नेछ । अहिले वितरण गरिएको पाठी मरेमा त्यसलाई पनि समितिलाई अनिवार्य देखाउनुपर्ने समिले नियम बनाएको छ । समितिलाई बुझाइएको पाठी अर्कोपटक फेरी अन्य घरपरिवारलाई वितरण गरिने अध्यक्ष सुमनले बताएका छन् ।   
    वडामा नै पहिलोपटक लक्षित वर्गको कार्यक्रममा यस्तो उदाहरणिय कार्य गरेको वडा अध्यक्ष जोग बहादुर धिमालले बताएका छन् । अन्य वर्षहरुमा देखिने काम भएको थिएन तर यो वर्ष समितिले राम्रो काम गरेको अध्यक्ष धिमालले बताए ।
    अघिल्ला वर्षहरुमा लक्षित वर्गको बजेटको सुइको सम्म नपाएका स्थानिय दलित समुदायका मानिस पनि पाठी पाएपछि दंग परेका छन् । आफुहरुलाई खुसी लागेको र अब पाठीको राम्रो हेरचाह गर्ने उनिहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…