• देबु बानियाँ
    दाङ । दाङ लेडी जेसीज दाङको जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । 
    बैशाख १५ गतेसम्म सञ्चालन हुने सप्ताहमा आइतवार शुभकामना कार्यक्रमसहित सप्ताहको उद्घाटन राष्ट्रिय सभा सदस्य अनिता देवकोाले गरेकी थिइन् । 
    सप्ताह कार्यक्रम अनुसार १० गते बिहान बजेबाट रक्तदान कार्यक्रम, ११ दृष्टिबिहिन परिवारलाई सामाग्री वितरण, छिमेकी ४ वटा शाखाबिच कुर्सी दौड प्रतियोगिता, १३ बलत्कार विरुद्ध अभियान तथा स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउने, १४ गते अनाथ र असाय बालबालिकालाई सहयोग र 
    १५ गते वनभोजसहित समापन गरिने शाखाकी महासचिव ममता विष्टले बताइन् । 
    दाङ लेडी जेसीजकी वर्ष २०१८ की अध्यक्ष डोमा पाण्डेको सभापतित्व तथा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि देवकोटा, विशेष अतिथि प्राज्ञिक विद्यार्थी परिषसदका अध्यक्ष शरद शर्मा, त्रिभूवननगर जेसीजका वर्ष २०१८ का अध्यक्ष माधव पौडेल, पूर्व अध्यक्ष जेसीआइ सिनेटर मनोज बुढाथोकी, दाङ लेडी जेसीजकी पूर्व अध्यक्ष माया पोखरेललगायतले जेसीज सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका थिए । 
    कार्यक्रममा सहभागिहरुलाई कार्यकारी उपाध्यक्ष शारदा घर्तीले धन्यवाद ज्ञापन गरेक थिइन् । कार्यकारीणी उपाध्यक्ष बिष्णु थापाले सप्ताहब्यापी कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । जेसीज आस्थापाठ संगीता गौत्मले गरेकी थइन् ।  उपाध्यक्ष संगीता गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव ममता विष्टले गरेकी थिइन्् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…