• झापा । केन्द्रमा पार्टी एकीकरण गर्न अलमलिरहेको अवस्थामा झापा मेचीनगरमा भने दवाव मुलक कार्यक्रम सुरु गरिएको छ । 
    नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर २ र १० नम्बर वडामा फरक फरक कार्यक्रमको आयोजना गरिएको हो । 
    पार्टी एकता समायोजन समिति वडा नम्बर २ को आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वको चासोको विषयका रुपमा रहेको बाम गठबन्धन तुरुन्त एकिकरण गर्नु पर्ने बताएका थिए । एकिकरण गर्न ढिलाइ गरेर जनतामा शंका रहने ठाउँ नराख्न आग्रह गरेका थिए । 
    कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला सदस्य निलकण्ठ तिवारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि युवा संघ नेपालका केन्द्रीय सचिव राजु कार्की, एमाओवादीका नेता पुष्प गुरगाईलगायतले बोलेका थिए । 
    युवा संघ प्रदेश कमिटि सदस्य दीपक बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन उत्तम सिठुङले गरेका थिए । कार्यक्रम भानु ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 
       यहि अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं. १० मा एमाले र माओबादी वडा कमिटिविच एकिकरण गरिएको हो ।
     प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यस अघि नेकपा एमाले मेचीनगर वडा नं. १० का अध्यक्ष थिए । धुलावारीमा आयोजित कार्यक्रममा बजार र्याली, कोणसभा तथा पत्रकार सम्मेलनसहित पार्टी एकिकरणको घोषणा गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…