बिराटचौक । श्रीमानलाई बिदेश पठाउन आफुसँग भएको ९ कठठा जग्गा धितो पास गरेर ऋण लिएकी मोरङको सुन्दरहरैचा नगरपालिका बेलेपुरकी पासोकुमारी खवास आफनो जग्गा आफुलाई थाहै नदिई धितो राखेको ब्यत्तिले नै बिक्रि गरिदिएपछि यतिबेला सुकुम्बासी बनेकी छिन ।
स्थानीय ओमनारायण राजधामीसँग २०७३ भदौ २४ गते उनले श्रीमानलाई बैदेशिक रोजगारीमा पठाउनका लागी ४ लाख लिएर धितोपास गराएकी थिईन ।
सो जग्गा २०७६ साल भदौ २७ गते फिर्ता लिने कागज गरिएको छ । तर बिभिन्न मितिमा राजधामीले सो जग्गा ३ जनालाई ३ कठ्ठाको दरले बिक्रि गरिसकेका छन । खवासले आफुले ४ लाख रुपैया मात्र लिएको भएपनि राजधामीले जालसाँजी गरी ४ लाख ३३ हजारको कागज बनाएर फसाएको समेत गुनासो गरेकी छिन ।
धितो फिर्ता गराउने मिति पनि नजिकिएको र केही रुपैया समेत संकलन गरिरहेको अबस्थामा जग्गा किन्नेहरुले खवास सँग गएर आफुले जग्गा किनिसकेको र सोही जग्गामा रहेको घर समेत खाली गरिदिन भन्दै दबाव दिन थालेपछि बुझदा खेरी आफनो जग्गा बिक्रि भईसकेको थाहा पाएको बताईन । उनका श्रीमान अहिले पनि बैदेशिक रोजगारीकै क्रममा रहेका छन । जग्गा बिक्रि भएको थाहा पाएपछि खवासले श्रीमानलाई सुनाईन,बिदा नमिलेका कारण उनी आउन् सकेनन् तर उनले राजधामीलाई यो बिषयमा बुझ्न पटक पटक सम्पर्क गर्दा उनी भागेर हिँडने गरेको उनले गुनासो सुनाईन ।
साविक हरैचा वडा नम्बर ३ को क कि.नं ६१२ रहेको सो जग्गा राजधामीले ३ जना फरक फरक ब्यत्तिलाई बिक्रि गरिसकेको पाईएको छ । यस बिषयमा बुझदा राजधामीले आफुले ब्यबहार सल्टाउनका लागी उनीहरुलाई धितो पास गरिदिएको र बैँकले होम लोन बन्द गरेपछि आफु समस्यामा परेको बताएका छन । उनले आफुले ब्यबहार सल्टाउने र जग्गा फिर्ता गरिदिने समेत बताएका छन ।