• काँकरभिट्टा (झापा) । काँकरभिट्टा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा लक्ष्मीप्रसाद उप्रेती नयुक्ती हुनु भएको छ । 
    क्याम्पस प्रमुख यज्ञराज प्रसाईले राजीनामा दिएपछि सञ्चालनक समितिको बैठकले उप्रेतीलाई क्याम्पस प्रमुखमा नयुक्ती गरेको हो । उप्रेती यस अघि सहायक क्याम्पस प्रमुख पदमा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो । 
    २०५५ सालमा स्थापना भएको यो क्याम्पसको उप्रेती संस्थापक प्राध्यापक हुन् । उहाँले सोमबारबाट क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको हो । क्याम्पसका प्राध्यापक तथा सञ्चालक समितिले सोमवार उहाँलाई पदभार गराउँदै क्याम्पसको शैक्षिक विकासमा अझ अघि बढ्न शुभकामना व्यक्त गरेका थिए । 
    २०२२ सालमा बुबा त्रिलोचन उप्रेती र आमा जानुका उप्रेतीका माइला छोराका रुपमा जन्मनु भएका उप्रेती व्यवस्थापनमा एमडीए र कानुनमा विएल गर्नु भएको छ । २०३९ सालमा धुलावारी माविबाट एसएलसी उतीर्ण गर्नुभएका उप्रेतीले धरान बहुमुख क्याम्पसबाट २०४६ सालमा प्रविणता र २०५२ सालमा स्नातक उतीर्ण गर्नु भएको थियो । मिनभवन क्याम्पकस काठमाडौँबाट स्नाकोत्तर गर्नु भएको हो । 
    शैक्षिक क्षेत्रसँगै विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील उप्रेती शालिन र बौद्धिक व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । यस क्याम्पसका शैक्षिक इतिहासलाई अझ प्रभावकारी बनाउँदै थप उचाइमा लैजान उहाँको क्रियाशिलता अझ बढेर जाओस । रातोकलम अनलाइन हार्दिक शुभकामना व्यक्त गर्दछ । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…