• काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् । 
    प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराए ।

    पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

    प्रधानमन्त्री ओलीले फोहोरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराए । उनले सावधानीपूर्वक सगरमाथा आरोहण गर्न पनि आग्रह गरे । सरकारले सगरमाथा आरोहण गर्ने क्रममा हुने जोखिम न्यूनिकरणमा विशेष जोड दिने प्रधानमन्त्री ओलीको भनाई छ ।

    प्रधानमन्त्री ओलीले मुलुकको पर्यटन क्षेत्रको विकासमा पर्वतारोहण आरोहणले महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराए । त्यस अवसरमा उनले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने स्वर्गीय पासाङ ल्हामू शर्पाको योगदानको पनि चर्चा गरेका थिए ।

    पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…