• झापा । सञ्जिवंजी महिला समूह शाखा कार्यलय मेचीनगर २ को आयोजनामा ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम मेचीनगर २ भृकुटीमा सुरु भएको छ । मेचीनगर  धुलावारीमा रहेको प्रधान कार्यालयले शाखा विस्तार गर्दै स्थानीय महिलाहरुको व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ शाखा कार्यालयले तालिमको आयोजना गरेको हो । 
    मेचीनगरको वडा नम्बर २ को आयोजनामा सुरु तालिममा वडाका ७० जना महिलाको सहभागिता रहेको छ । तालिमको सहजीकरण झापाली रेडियोकर्मी लिला अनमोल, दिपक भण्डारी र अनन्त वस्तीले गर्दैछन् । 
    महिलाहरुको नेतृत्व विकासँगै सीपमूलक क्षेत्रमा क्रियाशील यो संस्था मेचीनगर क्षेत्रमा अत्यन्तै क्रयाशील संस्था मध्येमा पर्छ । 
    शाखा अध्यक्ष कृष्णमाया कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि संस्थाकी अध्यक्ष रेनुका डाँगी, समाजसेवी युवराज कट्टेल, भृकुटी बजार व्यवस्थापन समितिका अध्यक्ष उत्तम सिठुङ, भृकुटी खानेपानीका अध्यक्ष दिपक बराल, प्रशिक्षक दिपक भण्डारीलगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको स्वागत सपना ढकालले गरेकी थिइन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…